काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ जनामा कोरोना पुष्टि भएको छ ।