काठमाडौँ/'द बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो'को एक हप्ते उद्घाटन कार्यक्रम आज विहीबार सम्पन्न भएको छ । काठमाडौँकाे नयाँ बानेश्वर अवस्थित एनबी सेन्टरको तेस्रो तल्लामा आयोजना गरिएको कार्यक्रम आज बृहत् रुपमा सम्पन्न भएकाे हो ।
कार्यक्रमामा समाजका विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिती रहेको थियो । प्रमुख अतिथीमा सीटीइभिटीबाट नेतृत्व गर्दै खेमराज पोखरेल उपस्थित हुनुभएको थियो भने समाजका प्रतिष्ठित अगुवाहरु, रंगकर्मी, कलाकार, विभिन्न संघ संस्थाका पदाधिकारीहरु लगायत पत्रकार तथा अन्य बुद्धिजिवीहरुको पनि उपस्थिती रहेको थियो । बेञ्चमार्क स्टूडियोमा आमन्त्रित अतिथीहरुले आ-आफ्नो मन्तव्य पनि प्रस्तुत गर्नुभएको थियो ।
जसमा प्रमुख अतिथी पोखरेलले यस विधामा कौशलता देखाउने हरेकलाई विधिवत रुपमा सीटीईभिटीले खुलेरै सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो साथै आफुले पूर्ण सहयोगकाे हात अगाडी बढाउने कुरामा आफु नचुक्ने बताउनुभयाे । वहाँले 'बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टूडियो'लाई अगामी दिनमा व्यवसायिक रुपमा सफलताको कामना पनि व्यक्त गर्नुभएको थियो ।
स्टुडियोमा आमन्त्रित व्यक्तित्वहरुलाई सञ्चालिका विद्या श्रेष्ठले खादा ओढाई सम्मान प्रदान गर्नुभएको थियो । साथमा आगन्तुकहरुलाई खाजाको व्यवस्था पनि उपलब्ध थियो ।
गत विहीबार उद्घाटन गरिएको उक्त कार्यक्रममा बरिष्ठ ब्यूटिसियन तथा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कमला श्रेष्ठले रिबन काटेर स्टुडियोको उद्घाटन गर्नुभएको थियो । आजको कार्यक्रममा धेरैले हेयर कटिङ लगायत फेसियल, मेनिकियर, पेडिकियर गरेका थिए । स्टुडियोले ओपनि डे को एक महिनाभरी आफ्नो सौन्दर्य सेवा लिने ग्राहकलाई २५ प्रतिशत पनि छुटको व्यवस्था गरेको छ ।


