काठमाडौं । प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री निवासमा हेलिप्याड निर्माण कार्य सम्पन्न भएको बिहीबार फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो ।
साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार थापाले जानकारी दिएका छन् ।
हेलिप्याड निर्माणले अब बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने थापाले जानकारी दिएका छन् ।