नेपालमा परिवर्तनका आन्दाेलनहरु आगर खाेज्दै पटकपटक आगरा पुगे जस्तै भयाे ?

7.8k Shares

- डी.बी. नेपाली ( कालिकाेट )

नेपाल एकिकरणकाे इतिहासमा जब पूर्ण विराम लाग्याे त्यसपछि हालकाे अवस्थासम्म आइ पुग्दा भएका बिभिन्न सत्ता परिवर्तनका घटना या इतिहास बिदेशी राइटरहरुकाे लेखकाे कपी गरेर या उदाहरण दिएर गरिने महान उपलब्धी या राष्ट्रहितमा गरिएका कामहरुकाे शुद्ध नेपाली मनले सही विश्लेषण गर्नसक्ने क्षमता र बिदेशीहरुले डाेनेशन दिएर शाेधखाेज गर्न नलगाएसम्म स्वयं कुनै पनि नेपालीले नेपालकाे इतिहास, नेपालकाे कला, संस्कृति तथा राजनीतिबारे अनुसन्धान गर्ने पावर राख्न सक्दैन जस्ताे लाग्छ । जे जति अन्याय अत्याचार र दमन भए पनि राजतन्त्र,राणा शासन र पञ्चायती व्यवस्थामा धेरै बिदेशी डाेनेशन लिएर दलाली गर्ने चलन थिएन, समयानुसार विकास पनि कछुवा तालमा भए पनि उद्याेगधन्दाकाे स्थापना, राजमार्ग, सैक्षिक संस्था, भुमिसुधार जस्ता काम भएका थिए, लाखाैं जनताले राेजगारी  पाएका थिए ।

अहिले जातीय दमन र उच्च जातिलाई मात्रै प्राथमिकता दिएकाे आराेप पनि पञ्चायती कालमा सत्तामा सबैकाे सहभागिता गरिएकाे पनि देखिन्छ । चाैधरी, बिश्वकर्मा लगायत अन्य जाति र समुदायका व्यक्तिहरु माननीय र मन्त्री बनेकाे इतिहास साक्षी छ बरु अहिलेकाे लाेक गणतन्त्रमा बनेका कतिपय मन्त्री मण्डल पीछडियका र दलितले स्थान नपाएर ठुलाठुला ब्यापारीहरुले संसद र मन्त्री बन्ने अवसर पाएकाे छर्लङ्ग छ भने पछि फरक के भयाे ,परिवर्तन के भयाे ? परिवर्तन जग्गा बेच्ने, तस्करी गर्ने कमिशन खाने,सत्ता र बजेटमा दलहरु मिलेर बाँडीचुडी खाने, सत्तामा जानकाे लागि आफ्ना विचार र एजेण्डा स्वीस बैंककाे लाेकरमा राखेर जाे जस्तासंग जतिखेर पनि गठबन्धन,पार्टी  एकता गर्ने अनि जतिखेर पनि फुट्ने । सत्तामा, पदमा र बजेट बाँडेर खानेकुरामा बाँडफाँटमा भागबण्डा मिल्दा आदरनीय, सम्माननीय, महानकाे पगडी गुथाउने तर भागबन्डा र पदमा चित्त बुझेन भने अत्यन्त तल्लाे स्तरकाे गालीगलाैजमा उत्रिने संघीय गणतन्त्र, अखण्डराष्ट्रलाई टुक्राटुक्रा पारेर जनप्रतिनीधिकाे नाममा बिदेशीयका युवाहरुले पठाएकाे रेमिटेन्स र जनता माथि थाेपरेका कैयाैं कर अनि गरिब राष्ट्र भन्दै अनुदान र विकास गर्ने नाममा ऋणकाे भिख मागेर माैज मस्ती गर्ने हजाराैं महाराजाहरु पाल्नु पर्ने व्यवस्थाले देश बन्दैन बरु तस्करी, भ्रष्टाचार, घुस, कमिशन र वेथितिले सिमा नागेर देश बैंक करप्ट हुने अवस्थामा पुगिसकेकाे कटु सत्य सबैलाई थाह छ ।

देशमा राेजगारकाे कुनै अवसर नभए पछि कलेज युनिभर्सिटीबाट डिग्रीकाे खाेस्ताे हातमा बाेकेर दैनिक हजाराैं युवाहरु बिदेशमा कामकाे खाेजीमा देश छाेड्नेहरुकाे संख्या झन्झन् बढ्दै गएकाे छ ,गाँउकाे विकासकाे लागि आएकाे बजेट सर्वदलिय  बैठक बसेर बाँडीचुडी खाने दलका झाेलेहरु बाहेक देशभरिका गाँउमा युवाहरु भेट्न गाह्राे छ । प्रजातन्त्र लाेकतन्त्र गणतन्त्र समावेशी संघीयता,स्वायत्तता भनेकाे यस्तै हाे । बाेल्ने र लेख्ने अधिकारकाे कुरा गर्छन् तर सत्तामा बसेकाहरुकाे बिरुद्ध आवाज उठाउदा,जुलुश निकाल्दा धम्काउने,जेल काेच्ने,मुद्दा चलाउने काम त संघीय लाेक गणतान्त्रिक सरकारले पनि गरिराखे कै थियाे र अहिलेकाे जेन्जी आन्दाेलनले  बिदेशी डाेनेशनमा संस्था चलाएर बसेकाहरुबाट छानछानी बनाएकाे सरकारले पनि त्याे सिस्टम जिउदै राखेकाे बामे नसर्दै देखिन थाली सकेकाे छ  भने आँखिर राणातन्त्र,पञ्चायत,संघीय गणतन्त्र र अहिलेकाे चुनावी सरकारमा भिन्नता त केही पनि देखिन्न ? जाे पनि सरकारमा जान्छ उसले बिभिन्न आयाेगका प्रमुखहरु आफ्ना प्यादा चुन्छ, राजदूतहरु  बदल्छ,कर्मचारीकाे सरुवा बढुवा गरेर आफ्नु पक्षमा माहाैल बनाउछ, अड्डा अदालत सबै आफ्नु पक्षमा बनाए पछि जनता माथि शासन थाेपर्न र चलाउन सहज हुन्छ तर जब लुटकाे सम्पत्ती र सत्तामा बस्ने पदकाे भागबण्डामा गडबडी आउन थाल्छ, मिडियाले विज्ञापन र चियाखर्च पाउन छाड्छ अनि भ्रष्टाचारका फाइल खुल्छन् , मिडिया उफ्रिन्छ,पत्रकार उफ्रिन्छ, सामालिक कार्यक्रता, नागरिक समाज, वकिल, कलाकार, साहित्कार, बिश्लेषक सबै खेदाे खनेर पछि लागि पर्छन् अनि आम जनता र नाबालिग विद्यार्थीका निधार र छातीमा गाेली ठाेक्न लगाएर, राष्ट्रका महत्वपूर्ण दस्तावेज र इतिहास सुरक्षित राखेकाे सिंहदरवार,अपराधीका फाइल भएकाे अदालत, जग्गा बेचेका फाइल भएकाे मालपाेत, अपराधीलाई राखेका जेलहरु, हजाराैं नागरिकले  स्वदेश मै राेजगारी पाउने मार्केट र हाेटेलमा आगाे लगाएर खर्वाै खर्वकाे सम्पत्ती नष्ट गरेर देशलाई पचास बर्ष पछि धकेल्ने गरि हुने आन्दाेलन वास्तवमा सत्ता परिवर्तन गर्न गरिएका हुन् कि भूडी भर्न गरिएका हुन समयले देखाउने नै छ ।

आज कसैले पनि आँट गरेर भन्न सक्दैन खाेइ त भ्रष्टाचारी, खाेइ त तस्कर, खाेेइ त कमिशन खाेर, खाेइ त बलात्कारी ? हिजाे जसलाई भेटाए  घुलाे पिठाे पार्ने ,जेलमा काेच्ने, सत्ताच्युत गरेर फेरी कहिलै सत्तामा सहभागी हुन नदिने ,७० नागेकाहरुले सत्ताबाट सन्यास लिन बाध्य पार्ने । कमिशन, तस्करी, घुस खाएर कमाएकाे सम्पत्ति राष्ट्रिय करण गर्ने,नेप्पाे बेबी संस्कार समाप्त पार्ने जस्ता नाराहरु लगाएर  स्कुल पढ्न गएका १०/१२ बर्षका बच्चाहरुलाई हिप्नाेटाइज गरेर निधार र छातीमा नडराइ गाेली थाप्न र कुनै डर धम्की तथा उनिहरुले के गर्दैछन भन्ने कुराकाे विचार गर्न नसक्ने अवस्थामा पुर्याएर मान्छे मार्न, लुटपाट,ताेडफाेड र आगजनी गर्न लगाउने गरेका घटनाहरु घटाइएका हामीले प्रत्येक्ष देखे भाेगेका छाैं । परिवर्तन, अन्याय, अत्याचार, भ्रष्टाचार आदिकाे अन्तकाे नाममा गरिने आन्दाेनमा कसकाे ज्यान जान्छ, कसकाे नाेक्सान हुन्छ ?नेपालमा आन्दाेलन हुँदा मारिने नेपाली नै हुन्छ, ताेडफाेडमा नाेक्सान नेपाल कै हुन्छ ? यस्तै बिश्वभरिमा जुन देशमा परवर्तन गर्न गरिने आन्दाेलन हुन आँखिर मारिने आफ्नै दाजुभाइ हुन, आँखिर नाेक्सान आफ्नै देशकाे हुन्छ अनि यसरी आफ्नै आफन्तहरु मारेर , राष्ट्रकाे सम्पत्ती ताेडफाेड र आगजनी गरेर देशमा सुशासन र विकास हुन्छ भन्ने साेच र त्यस प्रकारकाे राजनीति गर्ने ,राजनीतिक व्यवस्थाले त्याे राष्ट्रकाे   भलाे चाहन्छ,सुशासन स्थापना गर्न चाहन्छ, जनता र देशकाे हितमा काम गर्छ भनेर साेच्नु नै वास्तवमा उचित मान्न सकिन्न हाेला ? 

नेपाल एकिकरण पछि बिभिन्न समयमा भएका या गरिएका  परिवर्तनका हालसम्म घटेका वा घटाइएका  घटनाहरुकाे इतिहासकाे आँखा चिम्ली उपलब्धीकाे बखान गर्नु भन्दा बास्विक रुपमा बिश्लेषण गर्ने हाे भने जनता मारिएकाे,देशकाे विकास बर्षाैं पछि धकेलिएकाे नै देखिन्छ । एउटाकाे सत्तालाई भ्रष्टकाे उपाधी भिडाएर त्याे सत्ता जनताकाे नेपालकाे हकमा भन्ने हाे भने नेपाली काँग्रेसले गरेका आन्दाेलन हुन,कम्युनिस्टले गरेका आन्दाेल हुन त्यसमा जनता, मजदूर किसान जाे वास्तवमा राजनीतिक पीडित छन उनिहरुकाे उपस्थिती शुन्य देखिन्छ भने केवल अल्लारे विद्यार्थीहरुले नै आन्दाेलन र संघर्ष गर्दै आएकाे देखिन्छ । यसरी विद्यार्थी सत्ता परिवर्तनकाे आन्दाेलनमा उतार्ने उही शैली अहिलेकाे जेन्जी आन्दाेलनमा पनि उस्तै देखियाे । उसले गरेकाे केही घण्टाकाे आन्दाेलनले सत्ताकाे पावर, सेनाकाे पावर, प्रहरीकाे पावर, धनसम्पत्तिकाे पावर मुट्ठीमा हुँदाहुँदै पनि केही काम लागेन ज्यान जाेगाएर भाग्नु पर्याे, सेनाकाे सुरक्षामा लुकेर बस्नु पर्या । याे आन्दाेलन सफल बनाउने पावरले सत्ता फेरि उही भ्रष्ट र कमिशनखाेर  व्यवस्थाका कारिन्दाहरुकै हातमा दिएर सुशासन, भ्रष्चार, तस्करी, अन्याय अत्याचारबाट जनतालाई मुक्ति गराउछु भन्ने साेच बिरालाेकाे घाँटीमा घण्टी बाँधे जस्तै हाे भन्ने कुरा ऐकडेड महिनामै चियामा परेकाे माखा जस्तै छर्लङ्ग देखिंदा देखिंदै माखा टिपेर चिया पिउने कि माखा पर्याे याे चिया फाेहर भयाे भनेर अर्काे नयाँ चिया पकाउन लगाउने याे वास्तमा नेपालमा सुशासन चाहने जनताले गम्भिर भएर साेच्नु पर्ने वेला आएकाे छ यदि यस्तै हाे भन्दै रामलाई सत्ताच्युत गरेर श्यामलाई राखेर सत्ता र सिस्टममा परिवर्तन हाेईन एउटा व्यक्ति फालेर अर्काे उस्तै व्यक्तिलाई परिवर्तनकाे नाममा सत्ताकाे लगाम थमाउने हाे भने त्यस्ता परिवर्तनकाे ओैचित्य खासै केही छ जस्ताे लाग्दैन । नेपालमा हालसम्म परिवर्तनकाे नाममा गरिएका आन्दाेलन र घटना एकजना आगरकाे नागरिक आगरा पुगे जस्तै हाे ।

हाल कर्णाली प्रदेशकाे दैलेख जिल्लामा एउटा गाँउछ आगर ,त्याे गाँउकाे एकजना १०/१२ बर्षकाे उमेरमा घरबाट भागेर भारतकाे हालकाे उत्तराखण्डमा पुगेर मेहनत मजदूरी गर्न थाले छ उ घरबाट भागेर त्यहाँ गएर काम गर्न थालेकाे लगभग ५० बर्ष भइसके छ अब उ ६० बर्ष नाघेर वृद्धाअवस्थामा पुगेर हिजाेकाे जस्तै मेहनत मजदूरी गर्न नसक्ने अवस्थामा पुगे पछि उसकाे मनमा अब आफ्नु गाँउमा गएर आराम गरेर बस्ने इच्छा जागेछ अनि उसले फर्किने फैसला गरेर झाेला बाेकेर हरिद्वारकाे रेल वे स्टेशनमा पुगे पछि  साेचे छ अब यत्राै बर्षपछि त मेराे गाँउमा पनि विकास भयाे हाेला बस र रेलगाडी पनि पुग्याे हाेला अब सिधै आगर कै  टिकट लिनु पर्याे भनेर टिकट काउण्टरमा गएर आगरकाे एउटा टिकट मागेछ र आगराकाे टिकट लिएर बहुत खुशी हुँदै धेरै समय पछि आफ्नु गाँउमा पुग्ने भँए मेराे गाँउमा पनि धेरै विकास भइसक्याे हाेला भन्दै मस्त ट्रेनमा बसेर अगाडि बड्याे छ जब रेलगाडी आगरा पुग्याे आगरा आगरा भनेकाे सुने पछि ट्रेनबाट झरेर बाहिर निस्क्याे छ तर बिशाल शहर  मैदान छ उसकाे गाँउ त पहाडमा थियाे यता उति चारै तिर हेर्याे तर आफ्नु घर पत्ता लाउन सकेन अनि साेचेछ मलाई टिकट शायद अर्कै आगरकाे दियाेछ भन्ने साेचेर फेरि फिर्ता हरिद्वार पुगेर फेरि आगरकाे टिकट माग्याे अनि फेरि पनि उही आगरा पुग्याे यसरी धेरै पटक आगरा हरिद्वार गर्दा गर्दा हरिद्वारकाे रेल वे टिकट काउण्टरमा टिकट काट्ने मान्छेले केही केही कतै गडबड अवश्य छ याे मान्छे पटकपटक आगराकाे टिकट लिन्छ फेरि फर्के र आउछ फेरी आगरा कै टिकट लिन्छ याे देखे पछि त्याे टिकट काट्ने मान्छेले तिमी काे हाे किन पटकपटक आगराकाे टिकट लिएर फेरि यतै फर्की अंझ आगराकै टिकट माग्छाै भनेर साेधे पछि बल्ल उस्ले म नेपाली हुँ, मेराे गाँउकाे नाम आगर हाे, गाँउकाे नाम बाहेक अरु मलाई केही थाह छैन भने छ उसकाे कुरा सुने पछि त्याे टिटीले  स्टेशनाम यताउति नेपाली खाेजे छ र एकजना नेपाली भेटे पछि उसकाे कथा सुनाएर उसलाई उसकाे गाँउकाे बारेमा सबै कुरा बुझ्न लगाउदा  त्याे मान्छेले भने छ अहिले पनि तेराे गाँउ पचास बर्ष पहिले कै जस्ताे छ केही उन्नति परिवर्तन भएकाे छैन अहिले पनि बस पुगेकाे ठाँउबाट ५० बर्ष पहिले जस्तै  तीन चार दिन पैदल हिडेर जानु पर्छ ।

सरकार सत्ताहरु जति सुकै परिवर्तन भए पनि हाम्राे क्षेत्रकाे अवस्था उस्तै छ । उसकाे कुरा सबै सुने पछि अत्यन्त दुखि मनले उसले घर आफ्नु गाँउ फर्किने इच्छा त्यागेर बाँकि बचेकाे जीवन पनि उतै उत्तराखण्ड मै बिताउने निर्णय गरेर फर्किने इच्छा मारेर बसेछ । याे एकजना ब्यक्ति माथि घटेकाे घटना र नेपालमा अहिलेसम्म भएका राजनीतिक घटना ,आन्दाेलनकाे कथा उस्तै छ पटकपटक आगर भनेर आगरकाे टिकट काट्नु र पटकपटक सयाैं नेपाली जनतालाई वलिकाे बाेका बनाएर गर्ने गरेका आन्दाेलन र परिवर्तनका उखाने हवाइ गफ बाहेक परिवर्तनकाे प पनि परिवर्तन भएकाे देखिन्न बरु परिवर्तन पछि पद र सत्ता कब्जा गर्ने खेलमा प्रतिश्पर्धा बाहेक भ्रष्ट्राचार,वेथिति,तस्करी,हत्या,बलात्कार र कमिशनकाे कतै कुरै उठ्दैन । राष्ट्रकाे राष्ट्रिय सम्पत्ति,अड्डा अदालत जलाउने शक्ति र जसलाई भ्रष्ट र अत्याचारी शक्ति नै आज फेरि चुनाबी प्रक्रियाद्वारा सत्तामा जान  एक अर्कालाई वार्तामा आएर काले काले मिलेर खाँउ भालेकाे नाटक राष्ट्रिय स्तरमा प्रदर्शन गरिदै छ । याे सिस्टमबाट मुक्त हुन चाहने र मुक्तिकाे कामना  गर्ने कुनै नेपाली माइका लाल कतै देखिन्न । याे देशलाई सतिकाे सरापबाट मुक्त गर्ने उपाए के छ हाेला ज्याेतिष , धामी झाँक्री,तान्त्रिक , नागरिक समाज कसैसंग छ त्यसकाे समाधान ,देश टाट पल्टाएर जिम्मा लगाउने या भाडामा दिने वेला आइलागि सक्याे याे राष्ट्रमा ? अब शंखनाध मन्दिरमा भगवानसंग आफ्नु इच्छा पूर्तिकाे लागि हाेइन याे राष्ट्र जाेगाउन शंखनाध गर्न जरुरी छ ।

सम्बन्धित समाचार