चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने

18.8k Shares

काठमाडौं । कोरोना संक्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले केसीको स्वास्थ्यलाभको कामना गर्दै बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको ट्वीटरमार्फत  जानकारी गराएका हुन् ।

केही दिनयता अस्वस्थ केसीलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
राष्ट्रिय जनमोर्चाको बिहीबार बसेको बैठकले केसीको अवस्था गम्भीर रहेको भन्दै उपचारका लागि आर्थिक सहयोग गर्न आव्हान गरेको थियो । तर, केसीका परिवारले भने उनको अवस्था सामान्य रहेको भन्दै सहयोग माग्ने पार्टीको निर्णयको विरोध गरेका छन् ।
सम्बन्धित समाचार