आत्माघाती गोलको उपहारसँगै आर्सनल बिजयी

20.5k Shares

काठमाडौं, २५ बैशाख । इंग्लिस प्रिमियर लिगकाे जारी खेलमा आर्सनलले सहज जीत निकालेकाे छ । 

आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सहज जीत दर्ज गराएकाे हाे ।

सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको १४औं मिनेटमा कप्तान ओडेगार्डले गोल गर्दै आर्सनललाई १-० को सुरुवाती अग्रता दिलाए । र, पहिलो हाफमा दुबैतर्फवाट कुनै गोल हुन नसके पछि खेल १–० मा टुंगिन पुग्यो । 

तर, दोस्रो हाफको ७१औं मिनेटमा न्युक्यासलका फावियनले आत्मघाती गोल गरेपछि आर्सनल सहज रुपमा २-० ले विजयी हुन पुग्यो ।

यस जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक बटुलेको छ भने पराजित न्यूक्यासल ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ ।

 

सम्बन्धित समाचार