नेपाल डेन्टल एशाेसिएशनको १५ औँ सेन्ट्रल एक्जीक्यूटिव कमिटी चयन

27.4k Shares

काठमाडौँ/नेपाल डेन्टल एशाेसिएशनको १५ औँ सेन्ट्रल एक्जीक्यूटिव कमिटी आज शनिबार सम्पन्न भएको छ । बिहान ९ बजे काठमाडौँ भृकुटीमण्डपको नेपाल पर्यटन बोर्डमा आयोजना भएको उक्त कार्यक्रममा एशाेसिएशनले नयाँ पदाधिकारी चयन गरेकाे हो ।

जसमा अध्यक्षको रुपमा डा.प्रनयरत्न शाक्य, उपाध्यक्षमा डा.रोसन चौधरी, महासचिबमा डा.विश्व प्रकाश ठाकूर, कोषाध्यक्षमा डा.विधान श्रेष्ठ, ज्वाईन्ट सेक्रेटरीमा डा.हरी प्रसाद ओली तथा सदस्यहरुमा डा.विप्लब अधिकारी, डा.दीपक कुमार शर्मा र डा.निरज ढयेकु निर्वाचित हुनुभएको छ ।

अपरान्ह ४ बजेसम्म आयोजना भएको कार्यक्रममा अब्जर्बरको रुपमा डा.प्रकाश भट्टराई, डा.के.बी. क्षेत्री, डा.मनोज हुमागाईँ, डा.सन्तोषमान राजभण्डारी, डा.सुदिन शाक्य, डा.अनिल शाक्य, डा.प्रविण मिश्र तथा डा.दीपक थापा हुनुहुन्थ्यो ।

IMG-20230506-WA0000.jpg

सम्बन्धित समाचार