काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन् ।
पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ ।