– डी.बी.शाही
विश्वभरि फैलिएको माहामारी कोरोना भाइरस दिसम्बर २०१९ को अन्तिम सातामा हुबेइको वुहान शहरमा देखिएको भन्ने छ । ‘वुहान इन्स्टिच्युट अफ भाइरोलोजी’ मा बर्षाैंदेखि चमेरा माथि रिसर्च गर्दै आएकी उक्त इन्सिच्युटकी प्रमुख प्राध्यापक शि झेंग्लीले सर्वप्रथम सिक्वेंसिङ्ग गरेको भन्ने छ । उनले सन् २००३ मा सार्स माहामारी चमेराबाट सरेको भन्ने कुरामा प्रशंसा पनि पाएकी थिइन् त्यसैले उनलाई ब्याट वुमेन भनेर पनि चिनिन्छ । नभोम्बर २०१९ बाटै नै फ्लुको सिम्टम देखिए पनि दिसम्बर ३१, २०१९ मा विश्व स्वास्थ्य संगठनले आधिकारिक रुपमा पुष्टि गरेको संक्रमितको पहिलो केस जनबरी ७, २०१९ मा भेटिएको र जनबरी ३०, २०२० मा यसको नाम नोबल कोरोना भाइरस ( कोभिड– १९) भनेर घोषणा ग¥यो र विश्वभरि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मार्च ११, २०२० मा यसलाई विश्व स्वास्थ्य संगठनले माहामारी (Pandemic) घोषना गरेर यसको लक्षण र यसबाट सुरक्षीत एवं जोगिन सक्ने उपाएहरु विश्वभरि अनिवार्य रुपमा अपनाउनु पर्ने भन्दै संसारभरि व्यापक प्रचार प्रसार ग¥यो । कोरोनाका लक्षणहरुमा ज्वरो, थकान, खोकी, सास फेर्न गाह्रो, मासपेसीको दुखाई, सुघ्ने क्षमतामा कमी, जिब्रोको स्वाद हराउनु, पखाला लाग्नु आदि निर्धारण गरिएका छन् भने कोरोनाबाट सुरक्षित रहन सक्ने उपाएहरुमा लक डाउन, सामाजिक दुरी, मास्क, सेनिटाइजर, आइसुलेशन, क्वारेन्टाइन आदि भनिएको छ ।
विश्व स्वास्थ्य संगठनका नामबाट संसारभरिका शासकहरुले विना कुनै विचार, गहन अध्ययन, अनुसनधान जे उसले भन्यो त्यसैलाई आफ्ना देशका संचार माध्याम मार्फत् धुवाँधार प्रचार गर्दै आएका छन् । कोभिड–१९ का कारण संसारभरिका मानिसहरुमा देखिएको स्वास्थ्य समस्या सर्वत्र त्रासपुर्ण तरिकाले एकतर्फी प्रचार गरिएको छ । अखबार, रेडियो, टेलिभिजनमा मात्र होइन युट्युब, ट्वीटर, फेसबुक आदि सामाजिक संजालमा व्यापक प्रचार प्रसार गरिँदै छ भने अर्कोतिर यसको विरोधमा आउने विचारहरुमा रोक लगाउने गरेको देखिन्छ । रोबर्ट जान एफ केनेडी जुनियर, डा. डेविड, डा. तरुण कोठारी, डा. बि. आर. चौधरी लगायत विश्वका ठुलाठुला विद्वान र चिकित्सकहरुले यो कोरोना माहामारीलाई विश्व नियन्त्रण गर्ने, विश्वको जनसंख्या नियन्त्रण गर्ने, विश्वका मानिसहरूलाई दास बनाउने षड्यन्त्र ( स्क्याम) हो भनेर विरोध गर्दै आएका छन् । इजरेली इतिहासकार युभाल नोभा हरारीले यो स्वास्थ्य संकट भन्दा पनि बढी राजनीतिक संकट भनेका छन् भने बेलायती नागरिक नोवल पुरस्कार विजेता माइकल लेविटले कोरोनाले भन्दा बढी मानिस लकडाउनले मारिए भनेका छन् । वास्तवमा अहिलेसम्म यकिन गरेर कोरोना कै कारणले मृत्यु भएको भन्न सकिने एउटा पनि केस भेटिएको देखिन्न बरु धेरैको विश्लेषणमा कोेरोना बारे फैलाइएको त्रास र गलत औषधीका कारण धेरैको ज्यान गएको आरोप लगाउने गरेको पनि देखिन्छ । यस्ता विश्वभरि आतंक फैलाउने भाइरसहरु माथि हलिउड, बलिउड लयायत विश्वका थुप्रै फिल्म इन्डस्ट्रीहरुले सन् २०११ पछि कन्टिजियन जस्ता फिल्म निर्माण गरेर भाइरसको त्रासलाई मानिसको विचारमा स्थापित गराएको पनि देखिन्छ ।
हाल यो कोरोना भाइरस कोभिड–१९ को मृत्यु दर कम भए पनि अत्यन्त तीब्र गतिमा फैलिने र सतर्कता न अपनाए धेरै ठुलो नोक्सान हुने अनुमान गरेका छन् । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका नियम पालना र उसले अनुमति दिएको औषधीबाट सुरक्षित रहन सकिने र हाल उसले अनुमति दिएको खोपले धेरै हदसम्म कोरोना नियन्त्रणमा आउने भनिएको छ । प्रायः थुप्रै देशहरुमा पहिलो र दोस्रो चरणको खोप तीब्र गतिमा लगाउन शुरु पनि भै सकेको छ । तर कतिपय देशहरूले लकडाउन, सोशल डिस्टेन्स, मास्क, सेनिटाइजर, आइसुलेशन, क्वारेन्टाइन, कोरोना टेस्ट र खोप समेत नलाउने भन्ने खबरहरु पनि छुट्पुट आएको देखिन्छ । कतिपय देशले कोरोना टेस्ट गर्न भनेर दिन खोजिएको अर्वाैं डलर अनुदान नै लिन इन्कार गरेको पनि सुनिन्छ । तान्जानिया, ताइवान, बुरुण्डी, उत्तर कोरिया, रुवाण्डा, भुटान लगायत थुप्रै देशहरु जसले विश्व स्वास्थ्य संगठनको नियम खासै मानेनन् ती देशहरुमा विश्व स्वास्थ्य संगठनको नियम पालना गर्ने देशहरु भन्दा कोरोना संक्रमितको संख्या धेरै कम देखिएको भनिन्छ । विश्व स्वास्थ्य संगठन स्वयंले ८०% मान्छेमा कोरोनाको लक्षण खासै नदेखिने, १५% मा सामान्य र ५% लाई मात्रै उपचार गर्नुपर्ने अवस्था आउने भनाइ छ । खास गरेर अहिलेसम्म पनि यसको लक्षण किटान गरेर भन्न सकिने अवस्था छैन । पटक पटक यसको लक्षण र रुप फेर्दै आएको विश्वभरिका स्वास्थ विज्ञहरूकै भनाइ छ र प्रत्येक प्राणीमा २०० भाइस भएको भनिए पनि कसैले ५०० सम्म भाइरस प्रत्येक प्राणीमा पहिलेदेखि नै हुन्छन् पनि भनेका छन् । कतिखेर कुन भाइरसको वृद्धि हुन्छ भन्न सकिन्न तर हामीलाई जुन भाइरसको शंका लाग्यो त्यसको जाँच गर्छाैं अनि जसको शरीरमा जाँचको समय त्यो भाइरसको संख्या बढेको छ भने त्यही देखिने हो । अहिले कोराना भाइरसको संक्रमण पत्ता लगाउन गरिने टेस्टमा प्रयोग गरिने आरटी र पिआरसी टेस्ट कीट आविष्कार गर्ने नोबल पुरस्कार विजेता बायोकेमिस्ट केरी मुलसले यो केवल अनुसन्धानका लागि मात्र बनाइएको हो यसैलाई आधार मानेर कोरोना भाइरसको पुष्टि, प्रचार प्रसार गर्न उचित नहुने भनेका छन् । विश्व स्वास्थ्य संगठन कै स्वास्थ विज्ञ या चिकित्सकहरुकै भनाइमा रगत पातलो बनाउने औषधी एस्प्रिन सेवन गरिरहेका, पहिलेदेखि नै मुटु, मस्तिष्क, फोक्सो, मधुमेह, क्यान्सर, एनिमिया, रोग प्रतिरक्षा क्षमता कम भएका या रोग प्रतिरक्षा गर्ने औषधी सेवन गरिरहेका मानिसहरुलाई हाल लगाइरहेको खोप लगाउन नमिल्ने भनिदै छ । यो कुराले हालका खोपहरुले रगत बाक्लो बनाउछ भन्ने पुष्टि गरेको देखिन्छ ।
कोरोनाको अस्तित्व स्वीकार गर्ने हुन या कोरोना सामान्य फ्लु मात्र हो भन्ने हुन सबैको एउटा कुरामा भने मेल खाएको देखिन्छ । दुबै पक्षको भनाइमा इम्युनिटी पावरलाई महत्वपूर्ण मानिएको छ । यसको मतलव रोग या कुनै भाइरस भन्दा पनि खतरनाक त मानिसहरुको इम्युनिटी पावर देखिन्छ ? मानिसमा जुनसुकै रोगको भाइरस देखिए पनि त्यसले खासै हानि नोक्सानी गर्दैन मानिसको भाइरससँग लड्ने क्षमताले र उसको इम्युनिटी पावरको कारणले नै मर्ने या सन्चो हुने एवं बाँच्ने कुराको निर्धारण गर्ने कुरा प्रष्ट देखिन्छ । यो भन्दा पहिले पनि विश्वमा विभिन्न समयमा, ब्ल्याक डेथबाट २० करोड, स्पेनिस फ्लुबाट १० करोड, प्लेगबाट ५ करोड, इवोलाबाट ५ करोड यस्ता भाइरस र रोगहरुबाट मात्रै होइन प्रथम र दोस्रो विश्व युद्धमा करोडौं, भुइचालोबाट, बाढी पहिरोबाट, समुन्द्री आँधीबाट, ज्वालामुखी विस्फोट जस्ता अनेकौं प्रकोपबाट लाखौंलाख मानिसहरुको ज्यान गएको छ ? पौराणिक कालदेखि नै मानिस अनेक प्रकारका त्रासदीको सामना नडराएर निर्धक्क रुपमा सामना गर्दै आएको छ तर अहिले सबैभन्दा कमजोर भाइरसले आजको मानिसलाई अत्यन्त आतंकित बनाएको देखिन्छ ?
भाइरस या कीटाणुले मानिस मार्छ भन्ने कुरा स्वीकार गरे पनि आरोग्य मंदिर गोरखपुरका संस्थापक विठ्ठलदास मोदीले ‘रोगौं कि सरल चिकित्सा’ मा लेखेका छन् कीटाणु हाम्रो शत्रु होइन मित्र हो । मानिसको शरीरमा जब फोहर जम्मा हुन्छ त्यो फोहर खान कीटाणु पैदा हुन्छ ? सन् १९१९ मा अमेरिकाबाट प्रकाशित हुने एउटा पत्रिका ‘फिजिकल कल्चर’ मा जान फ्रासर एम.डी.ले लेखेका छन् एउटा डाक्टरले डिप्थेरियाका हजारौ कीटाणु जीवितै आफ्नु शरीरमा प्रवेश गराए तर उनलाई डिप्थेरियाको कुनै सिम्टम देखिएन । सन् १९१४ देखि १९१८ सम्म टोरेन्टोमा १५० वटा प्रयोग गरिएको छ जसमा कालोज्वरो, मेनेन्जाइटिस, मलेरिया आदिका लाखौं कीटाणु विभिन्न मानिसहरुमा जिउँदै प्रवेश गरेर गरेको परिक्षणमा एकजनामा पनि ती रोगको लक्षण देखिएन भन्ने छ ।
भारतमा सत्ता परिवर्तन भएपछि महात्मा गान्धीले हाम्रा हजारौं बर्षदेखि सफलता पुर्वक गर्दै आएका उपचार पद्धति मास्नु हुन्न यिनिहरुको उपयोग र संरक्षण गर्नु पर्छ भनेर सरकारको नीतिमा राख्न लगाए, चीनमा सत्ता परिवर्तन हुँदा क. माओले हजारौं बर्षदेखि गर्दै आएको घरेलु उपचार र लाओत्सुका पद्धतिहरु जीवित राख्नु र अपनाउनु पर्छ भन्दै सुरक्षित पार्ने र प्रचार प्रसार गर्ने भनेकै कारण आज चाइनिज उपचार पद्धति विश्वभरि फैलिएको छ । मेडागास्करका राष्ट्रपति एन्ड्री रोजोइलिनाले पनि घरेलु उपचारबाट नै ठिक पार्ने भनेर घरेलु विधि अपनाए भने विश्व स्वास्थ्य संगठनले कोरोना पुष्टि र लकडाउन गर्न २० मिलियन डलर घुस दिन खोजेको आरोप लगाउनु को साथै ‘युरोपको दास विश्व स्वास्थ्य संगठनको त्याग गरौं’ सम्म भनेका खबरहरु प्रकाशित भए । विश्वका थुप्रै देशहरूमा घरेलु परम्परागत जडीबुटी औषधीबाट कोरोना संक्रमित संचो भएको भन्ने खबरहरु पनि प्रकाशित भएको देखिन्छ । नेपालमा पनि जडिबुटीबाट कोरोना संचो भएका थुप्रै केसहरु छन् तर विश्व श्वास्थ्य संगठनका दासहरु त्यो स्वीकार गर्न तयार छैनन् । हजारौं बर्षदेखि सेवन गर्दै र फ्लुहरु सन्चो पार्दै आएको देखेर भोगेर पनि हाम्रा तत्कालीन प्रम केपी ओलीले बेसार पानी र अम्बाको पातको कुरा गर्दा उखान टुक्के भनेर मजाक उडाउछन् । राष्ट्रगुरु योगी नरहरिनाथले कैयौं असाध्य रोगहरु निर्मुल पार्न सक्ने नरहरि वुटीलाई अचुक बुटी भनेका छन् । यस्तै जापानीज बैज्ञानिक डा. केनले उन्नाइसौं शताब्दीको अन्त तिर आविष्कार गर्नु भएको इनर्जी हिलिङ्ग पद्धतिले त कुनै प्रकारको रोग या भाइरसको अस्तित्व स्वीकार नै गर्दैन । उहाँका अनुसार मानिसहरुमा रोग या कुनै प्रकारका भाइरसको संक्रमण देखिनुको कारण रोग या भाइरस होइन यो मानिसको शरीरलाई सुचारु रुपमा संचालित गर्ने उर्जा शक्तिको गडबडी हो भन्नु हुन्छ । जब कुनै ब्यक्तिको उर्जा शक्ति कमजोर हुन्छ उसको शरीरले पुर्ण रुपमा काम गर्न सक्दैन त्यसैले उर्जा शक्तिको असंतुलनको कारणले आएको गडबडी केवल उर्जा शक्तिलाई संतुलित पारे मात्रै ठिक या सन्चो हुन सक्छ । वास्तवमा सोच्ने र विचार गर्ने हो भने कोरानालाई माहामारी मान्ने, कोरोनाको भाइरसलाई स्वीकार गर्ने तर विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका नियम नमान्नेदेखि भाइरस या रोगको अस्तित्व स्वीकार नगर्ने सबैको धारणा अन्तमा एउटै देखिन्छ त्यो हो इम्युनिटी पावर या उर्जा शक्ति ? त्यसैले इम्युनिटी पावर या उर्जा शक्ति (इनर्जी) लाई कसरी संतुलित राख्न सकिन्छ भन्ने कुराको शोधखोज र विश्लेषण गर्ने कामको प्रयास गर्ने पहल गर्ने कि ?
भाइरसहरु, रोगहरु सन्चो पार्ने भनेर औषधीको नाममा बिषाधीहरु प्रयोग गरेर सन्चो हुने मानसिकताको भारी बोकेर बिग फर्माको दलाल विश्व स्वास्थ्य संगठनका दास बनेर रोगी र रोगको डरत्रासमा जिउँदै मरीमरी बाँच्ने ?
यो कथित कोरोना उहिले पनि थियो अहिले पनि छ र भविष्यमा पनि रहिरहनेछ या जबसम्म मानबको अस्तित्व यो ब्रह्माण्डमा रहने छ तबसम्म यस्ता भाइरसहरुको पनि उपस्थितिको अंत्यगर्ने शक्ति स्वयं प्रकृतिसँग पनि छैन यो समाज विकासको प्राकृति प्रक्रिया हो ? विभिन्न समयमा आफ्नु आवश्यकता अनुसार विश्व स्वास्थ्य संगठनले यस्ता अनेक प्रकारका भाइरसहरुको आतंक फैलाएर विग फार्माहरलाई कुबेर बनाउने ठेक्का लिएको छ यो कुरा अब विश्वका नागरिकले बुझ्न सकेन र यो तानाशाहीको विरुद्ध आवाज उठाउन सकेन भने स्वास्थ्यको मात्रै नोक्सानी हुने छैन,रोजी रोटीबाट पनि बन्चित हुँदै गएको प्रष्ट देखिएको छ । हिजो मधुमेह, क्यान्सर, जिउ दुख्ने, बिर्सिने, पार्किङ्सन जस्ता रोगहरु ४५÷५० पछि मात्रै देखा पर्ने गरेका तथ्यहरु स्वधभभुयं तिनै बैज्ञानिक या डाक्टरहरुले पटकपटक भनेका छन् भने आज तिनै बैज्ञानिक र डाक्टरहरुले १२÷१५ बर्षको बच्चाहरुमा पनि यी लक्षण तीब्ररुपमा देखिदै गएको भनी रहेका छन् तर त्यसको असली कारण हाच्छिँउ आउदा पनि ड्रग सेवन गरिहाल्ने प्रवृत्ति हो भनेर भन्न सक्दैनन् ?
अहिले धेरै डिटेलमा एउटा लेखमा सबै कुरा समेट्न गाह्रै हुन्छ केवल कोरोनाको कुरा गरौं, आज यो देखा पारिएको लगभग तीन बर्ष नाघ्नै लागि सकेको छ र यो अवधि भरमा विश्व स्वास्थ्य संगठनले चाहे अनुसार बढ्ने र कम हुँने, उसकै इच्छा अनुसार हरेक पल्ट रुप फेरेर आउने बहुरुपिया भएको छ । यसलाई निर्मुल पार्न गरिने अनेक उपाए र सेवन गराइने अनेक औषधीहरको सकारात्मक भन्दा नकारात्मक प्रभाव नै बढी देखिएको तथ्य कसैबाट लुकेको छ जस्तो लाग्दैन ? आज बच्चाहरु हिँड्दाहिड्दै लड्ने गरेको, मानसिक सन्तुलन गुमाएको, हर्टअटैक बढेको, छालाको संक्रमण बढेको, ब्लड क्लोटिङ्का रोगीहरु बढेको अनेक प्रकारका संक्रमणमा वृद्धि भएको छ भनेर एकातिर आवाज उठ्ने गरेको छ भने अर्काे तिर विना सोचेसम्झे जबर्जस्ती लकडाउन लाधिएको कारण ब्यबसाय र रोजीरोटी मात्रै खोसिएन बैंक र अन्य स्रोतबाट लिएको ऋण तिर्न नसक्दा रानीबनमा छ जना परिवारले बीस सेवन गरेर सामुहिक आत्महत्या गरे भने प्रेम आचार्यहरु आत्मदाह गर्न बाध्य भए भने कति ठाउँमा चोरी डकैतीका घटनाहरूमा अत्यन्त वृद्धि हुँदै गएकोछ केही दिन अघि कपनमा निरा पाण्डेको निर्मम तरिकाले दिउँसै छुराले रेटेर हत्या गरियो यस्को पछाडिको कारण पनि वास्तवमा जनताको रोजीरोटी र दैनिकीमा के कस्तो असर पर्न सक्छ भन्ने ख्यालै नगरेर जवरजस्ती लाधिने नियमहरुमा नमक हलाल बन्ने प्रबृत्ति नै हो ?
अहिले विश्व स्वास्थ्य संगठनले १ फेब्रुअरी २०२३ बाट एउटा ट्रिटी निर्माण गर्दै छ र त्यसमा छलफल भैरहेको र अब विश्वभरि लागुगर्ने योजना बनेको कुरा र त्यसको सकारात्मक र नकारात्मक असर बारे धेरै राष्ट्रहरुमा बहस शुरु भएको छ ? त्यो ट्रिटी लागु भए सम्पुर्ण विश्व नै विश्व स्वास्थ्य संगठनको दास बन्ने छ भन्ने कुरा पनि बहसमा उठ्न थालेको छ तर विश्व स्वास्थ्य संगठन या न्यु वल्र्ड अडरका दास मिडिया, सामाजिक संजाल आदि सबैले यस्ता कुराहरु मिडियामा आउनै दिँदैनन् । यसको विरोधमा वास्तविक तथ्य सहित मिडिया या सामाजिक संजालमा प्रचार प्रसारमा पुर्ण बन्देज गरेको देखिन्छ । कतैबाट कुनै अन्य माध्यामबाट यदाकदा लिक भै हाले भने पनि तुरुन्त डिलिट गरि हालिन्छ ।
माघ ६, २०७८ मा अन्पुर्ण पोष्टमा एउटा लेख छापिएको थियो तर पढने र मनन गर्ने या सचेत हुने फुर्सद कसैसँग छैन ?
उक्त लेखमा जनेभा अन्वेषकहरुले ब्याक्टेरियासँग लड्ने औषधी एन्टिमाइक्रोबियल प्रतिरोध (रेजिस्टेन्स) अर्थात् एन्टिबायोटिक्स मानव जीवनका लागि अत्यन्तै घातक रहेको खुलासा गरेको र एन्टिबायोटिक्स मृत्युको मुख्य कारण रहेको चेतावनी दिँदै स्वास्थ्य विज्ञहरुले सो खुलासा गरेको उल्लेख छ । संसारभरिका २ सयभन्दा बढी मुलुक र क्षेत्रहरुको अध्ययनमा आधारित सो अध्ययन प्रतिवेदन मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित भएको भन्ने छ । स्वास्थ विज्ञहरुको अन्वेषण अनुसार एएमआरको प्रयोगले विश्वभर दैनिक ३ हजार ५ सयभन्दा बढि मानिसको ज्यान लिने गरेको र सन् २०१९ मा मात्रै १२ लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भएको भनिएको छ । भने यसको असर सबै उमेर समुहका मानिसमा समान घातक रहेको पनि उल्लेख छ र यसको विरुद्ध तत्काल कदम चाल्न चेतावनी समेत दिएको भन्ने छ । अन्पुर्णाको त्येसै लेखमा कोभिड –१९ महामारीको समयमा प्रयोग गरिएको एएमआरका कारण झनै ठूलो संख्यामा मानिसको मृत्यु भएको हुन सक्ने र यो रोकिएन भने भविष्यमा झनै ठुलो विकराल रुप लिन सक्ने अनुमान सो अध्ययनमा संलग्न अन्वेषकहरुले गरेका छन् । त्यसैले एन्टिवायोटिक्स एवम् एएमआरको प्रयोग सकेसम्म कम गर्ने समेत सुझाव दिएका छन्।यस्तै १९ जुन २०२१ मा लण्डनको मिडियामा प्रसारित एउटा खबरमा इंग्लैण्डका बैज्ञानिकले सोशल डिस्टेंसिंग र मास्कको कारण बच्चाहरुको इम्युनिटी पावरमा ह्रास आएको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको उल्लेख्य गरेका छन् । यी सबै कुराको वास्तविकतामा जाने हो भने कोरनाको उपचारमा अपनाउने विधि र ओैषधीले कोरोनालाई निर्मुल गर्नुको साटो स्वास्थ्य क्षेत्रमा, जनताको दैनिकीमा,रोजी रोटीमा,मध्यम खालका ब्यबसायीहरमा अन्य कयौं जटिल समस्याहरु तीब्र रुपमा पैदा गर्दै ब्यबसाय, रोजीरोटी र ज्यान समेतमा ठुलो हानी नोक्सान पुर्याएको र अंझै पनि देश चलाउने सत्ताधारी र स्वास्थ्यका वकिलहरु सचेत हुन सकेनन् भने विश्वको जनसंख्या तीन अर्वमा झार्ने प्लान सफल हुने छ र आउने ६० बर्षमा विश्वभरिका पाँच अर्व जनता कृत्रिम भाइरस र कृत्रिम डिजास्टरबाट ज्यान गुमाउने छन् । रोजीरोटी र ब्यबसाय चलेन भने कुनै रोग र भाइरसको आवश्यकता नै पर्ने छैन आम नागरिक आफै आत्महत्या र आत्मदाह गरेरै सकिने आभास देखिन थाली सकेको छ ।
कतिपय राष्ट्रहरुमा जबर्जस्ती कामधन्दा बन्द गर्न लगाएर, जबर्जस्ती खोप लगाएर भएको जिउ धनको क्षतिपूर्तिको लागि व्यापक आवाज उठ्न थालेको छ र पडोसी देश भारतमा डाक्टर कोठारी,पत्रकार प्रकाश पोहरे आदिने जोरदार रुपले क्षतिपूर्तिको लागि जनआन्दोलनको थालनी गरि सकेका छन र त्यसैको असर हो कि भारतको हिमाचल प्रदेश सरकारले त छ महिनाको भाडा फ्रिलगायत सक्दो क्षतिपूर्ति पनि दिने निर्णय गरेको खबर छ भने जापन लगायत कतिपय देशहरुले त पहिलो लक डाउन कै वेला देखि सक्दो मुआवजा र सहयोग गरेर जताको समस्यामा सरकार जनताको साथ छ भन्ने उदाहण पेश गरेकाछन् । हाम्रो देशका लोकतान्त्रिक समाजवादी गणतन्त्रत्मक जनताका शासक भने आँखा चिम्लेर, कान र मुखमा बुझो हालेर बसेका छन् ? जनताको मृत्युमा पनि कमिशनको र्याल चुहाउन मात्रै जानेका छन् ।
अरु देशमा त फाट्टफुट्ट नागरिकहरु, चिकित्सकहरु,सरकारहरु,अभियन्ताहरु यो कथित जनतामारा षड्यन्त्रको विरुद्ध आवाज उठाउदै लगातार आन्दोलन गर्दै आएका छन् तर हाम्रो यहाँ त विश्व स्वास्थ्य संगठन भन्दा अरु कसैको कुरा सुन्नसम्म तयार छैनन् । कहिले कहिलेकाही त हामीहरु वास्तवमा जिउदो छौं भन्ने कुरामा पनि शंका लाग्छ ?