19k
Shares
काठमाडौं, १९ वैशाख । मुस्ताङबाट पैसा चोरेर भागेको आरोपमा भक्तपुरबाट एक युवक पक्राउ परेका छन् ।गत १२ पुसमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित छिरिङ खाजाघरबाट पाँच लाख रुपैयाँ चोरेर भागेको आरोपमा भक्तपुरको सूर्यविनायक–५ जगातीबाट रामेछापको सुनापति गाउँपालिका–२ का ३२ वर्षीय राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयका अनुसार उनलाई १७ वैशाखमा पक्राउ गरिएको हो । कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।