दुई दिनपछि उठाइयो माना टेलरको शव

10k Shares

बैतडी । गाउँमा मलामी जाने मानिस नपाउँदा आँगनमा शव कुरेर बस्नुभएका प्रकाश टेलर दमाईले आमाको शव ट्याक्टरमा राखेर छिमेकी पाटन नगरपालिकाको तिपडा मसानघाट पुर्‍याएर दाहसंस्कार गर्नुभएको छ । 

६१ वर्षीय माना टेलरको शवलाई ट्याक्टरमा राखेर ५० किलोमिटर टाढा पाटन नगरपालिका–६, तिपडीगाड पुर्‍याइएकाे हो । सिगास गाउँपालिका–१, अङडेगाडा गाउँका प्रकाशकी आमा माना टेलरको शनिबार बिहान ११ बजे मृत्यु भएको थियो । गाउँमा एक मात्रै दमाई परिवार भएकाले मलामी जाने मानिस नहुँदा ट्याक्टर बोलाइएको प्रकाशले बताउनुभयो ।  

आमाको मृत्युभए पछि दाहसंस्कारका लागि बहिनी ज्वाइँ र कञ्चनपुरको महेन्द्रनगरबाट आफन्त नातेदार मोहन टेलर, श्याम टेलर, कपिल टेलर लगातका आफन्तलाई बोलाएको प्रकाशले बताउनुभयो । आइतबार २५ हजार रुपियाँमा ट्याक्टर बुक गरेर आफन्त र छिमेकी ज्ञानेन्द्र ऐरी लगायतको सहयोगमा शवलाई मशानघाट पुर्‍याइएकाे उहाँले बताउनुभयो । 

सम्बन्धित समाचार