मकवानपुर, २४ चैत्र । बागमती प्रदेश सरकार विस्तारमा प्रमुख दलहरु नै बाधक बनेका छन् । मन्त्रालय भागबण्डाका विषयमा सत्ता गठबन्धनका दलहरु लचक बन्न नसक्दा सरकार विस्तार हुन सकेको छैन भने मुख्यमन्त्रीमाथि दबाब बढ्दै गएको छ ।
प्रदेशको सबैभन्दा ठुलो दल एवम् सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस, सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र र सहयात्री दल नेकपा एकीकृत समाजवादीबिच मन्त्रालय भागबण्डामा सहमति जुट्न नसक्दा सरकारले पूर्णता पाउन सकेको छैन ।
प्रदेशमा कायम रहेको मन्त्रालयको संख्याभन्दा प्रमुख दलहरुले दाबी गरेको मन्त्रालय संख्या बढी भएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल समस्यामा परेका छन् । प्रदेशमा कुल ११ वटा मन्त्रालय छन् । कांग्रेसले ६ वटा मन्त्रालयमा दाबी गरेको छ भने माओवादी केन्द्रले न्युनतम ४ वटा मन्त्रालय आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । एकीकृत समाजवादी भने ३ वटा मन्त्रालयमा दाबी गर्दैछ । यता सरकार गठनदेखि नै मुख्यमन्त्री जम्कट्टेलको पक्षमा उभिएको हाम्रो नेपाली पार्टी पनि एउटा मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको छ ।
मुख्यमन्त्री नियुक्त भएको ८८ दिन पूरा भइसक्दा समेत सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनबिच भागबण्डामा सरकार विस्तार गर्नुपर्ने बाध्यता छ ।
सरकार विस्तारका विषयमा निर्णय लिन प्रदेशस्तरमा बनेको कार्यदलले पनि सही ढंगबाट काम गर्न सकेको देखिँदैन । उक्त विषयमा निर्णय गर्न पटकपटक बैठक आह्वान गरे पनि निष्कर्ष निस्कन सकेको छैन ।
सरकार विस्तारको विषयमा ठोस निर्णय गर्ने सत्ता गठबन्धनका प्रमुख दलहरुका नेताहरु काठमाडौंमै छन् । मुख्यमन्त्री जम्कट्टेल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न ढकाल, नेपाली कांग्रेस