प्रम ओली र श्रीमती राधीका बामदेवको घरमा

18.6k Shares

काठमाडौं, १४ साउन । नेकपा पार्टीभित्र आन्तरिक विवाद चरमरुपमा चर्किरहेको अवस्थामा मंगलबार साँझ प्रधानमन्त्री केपी ओलीसहित श्रीमती राधिका शाक्य ललितपुरको भैंसेपाटीस्थि बामदेव गौतमको निवासमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ उपाध्यक्ष बामदेव गौतमको निवासमा श्रीमती राधिका शाक्यसहित ओली डिनरमा समेत सहभागी भए ।
बामदेवको सबै परिवारका सदस्यलाई ओलीले भैंसेपाटीमा भेटे । बामदेवकी श्रीमती तुलसा थापा, छोरा हरिस, छोरी विजिता गौतम, बुहारी तारा कुँवर, नातिनी आलिसा गौतम पनि भेटमा सहभागी थिए । दुवै परिवारले हाँसीमज्जा गरेको स्रोतले बतायो । पार्टी फुटबाट रोक्नेभन्दै छ बुँदे प्रस्ताव अध्यक्ष ओली र प्रचण्डलाई बुझाएपछि नयाँ माहोल सृजना भएको हो । गौतमको प्रस्तावमा ओलीले सहमति जनाएको बुझिएको छ । यसको सन्देश दिन पनि उनी भैंसेपाटी आफै पुगेका थिए ।
गौतमले छ बुँदे प्रस्तावमा ओलीलाई पाँच वर्ष पूर्ण कार्यकाल प्रधानमन्त्री चलाउन दिने, पार्टीमा अर्ली महाधिवेशन गर्ने गरी ओलीलाई अध्यक्षमै राखेर पार्टीको कार्यकारीसहित सम्पूर्ण जिम्मेवारी प्रचण्डले निभाउने गरी प्रस्ताव गरेका थिए । यसमा ओली सहमत भएपनि प्रचण्डबाट भने सकारात्मक जवाफ आइसकेको छैन ।

सम्बन्धित समाचार