17.9k
Shares
काठमाडौं, १९ चैत । इरानमा कालो कपडाले कपाल नढाकेको आरोपमा दुई महिला गिरफ्तार भएका छन् ।
बीबीसी हिन्दीका अनुसार ती महिलामाथि दहीले पनि आक्रमण गरिएको थियो । दही महिलाहरूको अनुहारमा लागेको थियो ।
इरानको न्यायपालिकाले विज्ञप्ति जारी गर्दै ती महिलाहरूले सार्वजनिकस्थलमा कपाल देखाउँदै हिँडेको र सो कार्य अवैधानिक भएको जनाएको छ ।
इरानमा हिजाबबिना सार्वजनिक स्थलमा निस्कन प्रतिबन्ध लगाइएको छ ।