17k
Shares
काठमाडौं, १९ चैत । नेपाली बजारमा सुनको मूल्य आइतबार घटेको छ। शुक्रबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।