कवि तथा गीतकार वसन्त चौधरीलाई कोरोना संक्रमण

16.7k Shares

काठमाडौं । कवि तथा गीतकार एवं नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना  संक्रमण भएको छ ।

व्यवसायी चौधरीले ट्वीट गर्दै आफूलाई कोरोना  संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन् । उनलाई कोरोना केही लक्षण पनि देखिएको जनाएको छ ।

कोरोनाका लक्षण देखिएको भएपनि आफूलाई समस्या नभएको व्यवसायी चौधरीले बताएका छन् । चिकित्सकको सल्लाह बमाेजिम अहिले उनी घरमै होम आइसोलेसनमा बसेका छन् ।

उनले पाँच दिनयता आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गराउन र सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार