पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या २ हजार १ सय ८ जना छ । यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६ सय ९ जना पुगेको छ ।
आजको पीसीआर १३ हजार ८ सय ६१ रहेको छ । मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ जना रहेको छ । त्यसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार ५ सय ५९ जना र होम आइसोलेसनमा २८ हजार १ सय ९६ जना रहेका छन् । हाल क्वारेन्टिनमा ४ हजार २ सय २० जना रहेका छन्।
आईसीयूमा २७३ र भेन्टिलेटरमा ७८ जनाको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।