थप ३ हजार ७ सय ९० जनामा कोरोना पुष्टि

21.3k Shares

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर  थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण भएको छ ।सोमबार २३ सय ३५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ ।

आइसीयूमा २८२ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७५७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

४० हजार ७७८ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् ।

योसंगै देशभर कुल सङ्क्रमितको संख्या १ लाख ३६ हजार ३६  पुगेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार