राकेश श्रेष्ठ
चितवन । सर, तपाईं ढुक्क हुनुहोस्, यो केस हामी जसरी पनि सुल्टाइहाल्छु नि…..’ ‘होइन होइन जसरी पनि मुद्दा चलाउनुपर्छ, नभए पीडितमाथि अन्याय हुन्छ ।’ यो संवाद ईलाका प्रहरी कार्यालय रत्ननगर चितवनको मुद्दा शाखामा रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक विश्व सुवेदी र एक प्रहरी कर्मचारी बीचको हो । ईलाका प्रहरी कार्यालय रत्ननगरको मुद्दा शाखा यतिबेला कमाउ अखडा बन्ने गरेको छ ।
यहाँ अपराधिक घटनामा जोडिएका अभियुक्तहरुसँग ‘सेटिङ’ मिलाई पैसाको खुलेआम लेनदेन हुने गरेको छ । मुद्दा फाँटमा कार्यरत प्रहरी कर्मचारीमाथि अभियुक्तहरुलाई छुट्न सजिलो हुने र जेल जान समेत नपर्ने गरी फितलो अनुसन्धान गरिदिने भनेर आर्थिक चलखेल गर्ने गरेको आरोप छ ।
अनुसन्धान फितलो ढंगले गरिदिएर मुद्दालाई कमजोर बनाइदिने भन्दै अपराधीकदेखि विभिन्न घटनाका अभियुक्तहरुसँग मुद्दा शाखामा कार्यरत वरिष्ठ सई विश्व सुवेदी आफैंले ‘सेटिङ’ मिलाएर ‘बार्गेनिङ’ गर्दै पैसाको लेनदेन गरिरहेका छन् । विभिन्न घटनाका अभियुक्त र उक्त घटना मिलाउने भन्दै बिचौलियाको काम गर्नेहरुसँग साँठगाँठ गरेर मुद्दामा व्यापक मात्रा आर्थिक चलखेल हुने गरेको भए पनि उनी माथि न त जिल्ला प्रहरी कार्यालय चितवनले निगरानी गर्न सकेको छ ? न त ईलाका प्रहरी कार्यालयले नै ?
कसैले उनीमाथि निगरानी गर्न सकेको छैनन् । फोटोकपी गर्ने नाममा प्रहरी हिरासतमा रहेका थुनुवा तथा तिनका आफन्तबाट तीनदेखि पाँच हजारसम्म रकम उठाउने गरेको पाइएको छ । जुन रकम मुद्दाको फाइल बोकेर सरकारी वकिल कार्यालय जाने प्रहरीकै खल्तीमा जाने गर्छ । प्रहरी कार्यालयभित्र