उपत्यकामा थपिए १ हजार ६९८ कोरोना संक्रमित

18.3k Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित भए ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ पीसीआर परीक्षण भएका छन् ।

देशभर भने पछिल्लो २४ घण्टामा २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।

सम्बन्धित समाचार