काठमाडौं । पछिल्लो २४ घण्टामा ३७ सय ४९ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ ।
बिहीबार मात्रै १९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।