थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि

16.6k Shares
आज देशभर थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५०३ जना कोरोना संक्रमण निको भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ७८७८० पुगेको छ
आजको पीसीआर १५५७७ छ भने क्वारेन्टिनमा ४७९५ जना रहेका छन्   हाल आईसीयूमा ३०७ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भइरहेको छ
मुलुकमा हाल सक्रिय संक्रमितको सख्या ३५९१५ जना रहेका छन् । तीमध्ये १५०४८ जना संस्थागत आइसोलेसनमा र २०८६७ जना होम आइसोलेसनमा रहेका छन्  
सम्बन्धित समाचार