‘धन बिनाको मन’को ट्रेलर : अशोकले सडकमा गीत गाएको दृश्य पनि सामवेश

3.4k Shares

काठमाडौं – बालगायक अशोक दर्जीको जीवनीमा आधारित कथामा बनेको फिल्म ‘मन बिनाको धन’को बुधबार बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको कथा गायक अशोकको जीवन यात्राबारे रहेको ट्रेलरले प्रष्ट पारेको छ ।

झापामा सडकमा बसेर गीत गाउँदै पैसा संकलन गरेको अवस्थामा अशोकलाई गायक तथा संगीतकार टंक बूढाथोकीले संरक्षण दिएका थिए । टंकले अशोकलाई काठमाडौं ल्याए गायक बनाउनु साथै आफूसँग राखेर पढाइ रहेका छन् ।

यी घटनाक्रमलाई फिल्ममा मुख्यरुपमा प्रस्तुत गरिएको ट्रेलरले बताउँछ । ट्रेलरमा अशोकलले झापाको सडकमा गीत गाइरहेको दृश्य पनि राखिएको छ । काठमाडौं आएपछि स्कुलमा पढ्दाको उत्तारचढाव पनि ट्रेलरमा अटाइएको छ ।

अशोकको साथीको भूमिकामा टंकका छोरा एआर छ । वास्तविक जीवनमा एआर र आशोक मिल्ने साथीहरु हुन् ।

फिल्ममा नायिका नीता ढुंगाना स्कुलको शक्षिकाको भूमिकामा छिन् । नायक सरोज खनाललाई अशोकको स्कुलको प्रध्यानाध्यापकको भूमिकामा देखाइएको छ ।

फिल्ममा भोलाराज सापकोटा र रवीन्द्र मिश्रको समेत अभिनय रहेको छ । यही फिल्मबाट टंकले फिचर फिल्म लेखन र निर्देशनमा डेब्यू गरेका हुन् ।

टंक बूढाथोकी प्रडक्सनको ब्यानरमा बनेको यस फिल्मको निर्माता विष्णुमाया मैनाली हुन् । यो फिल्मको प्रदर्शन मिति कात्तिक २१ लाई तोकिएको छ ।

ट्रेलरको लिंक :

सम्बन्धित समाचार