सुरक्षाको दृष्टिले संवेदनशील मानिने मधेश प्रदेशमा डीआईजी थपलियाले देखाए आफ्नो क्षमता

1.9k Shares

काठमाडौं । सुरक्षाको दृष्टिले संवेदनशिल प्रदेशको रुपमा रहेको मधेश प्रदेशमा गएको फागुन २१ गतेको चुनाव शान्ति सुरक्षाका साथ सफलतापूर्वक  सम्पन्न गर्न मधेश प्रदेशका प्रमुख डीआईजी गोविन्द थपलियाको अहोरात्र खटाईका कारण सफल बनेको छ ।
मधेश प्रदेशको आठवटै जिल्लामा डीआईजी थपलिया स्वयम् अहोरात्र खटी सबै जिल्लाका प्रमुखहरुलाई काम गर्ने वातावरण सिर्जना गरेकै कारण चुनाव सफलतापूर्वक सम्पन्न गर्न सफल बनेको आठवटै जिल्लाका प्रमुखहरुले बताएका छन् ।
मधेश प्रदेशमा सामान्य घटना घटाउन नदिई ऐतिहासिक सफलता कायम गर्न सफल बनेका डीआईजी थपलियाको काम गर्ने शैलीप्रति रुष्ट बनेका प्रहरी अधिकारीहरुले केही मिडियाकर्मीहरुलाई आर्थिक प्रलोभनमा पारी डीआईजी थपलियाको बारेमा नचाहिँदा अनर्गल समाचारहरु प्रकाशित गर्ने गरेको पाइएको छ । 
मधेश प्रदेशमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी थपलियाले कडा निगरानी र सक्रिय परिचालनलाई तिव्रता दिएकै कारण प्रहरीका उच्च अधिकारीहरु पछि लागेको बुझ्न गाह्रो छैन । प्रदेशका विभिन्न नाकाहरूमा हुने तस्करी नियन्त्रणका लागि उनले अपनाएको कडाइका कारण सुरक्षा संयन्त्र थप सक्रिय बनेको छ ।
सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न प्रदेशस्तरबाट विशेष टोली परिचालन गरिएको छ । यही क्रममा विभिन्न स्थानमा शंकास्पद गतिविधिमाथि निगरानी बढाइएको छ भने आवश्यक परेमा तत्काल कारबाही गर्ने नीति अपनाइएको मधेश प्रहरी स्रोत बताउँछ ।
प्रहरीभित्र अनुशासन कायम गर्न पनि डीआईजी थपलियाले कुनै सम्झौता नगरेको पाइएको छ । जिम्मेवारीमा लापरबाही देखिएको अवस्थामा सम्बन्धित कर्मचारीलाई तत्काल फिर्ता बोलाउने तथा पुनः व्यवस्थापन गर्ने कार्यलाई प्राथमिकता दिइएको छ । यसले संगठनभित्र जिम्मेवारीबोध थप मजबुत भएको अधिकारीहरूको भनाइ छ ।
धनुषा लगायतका जिल्लामा पछिल्ला दिनमा तस्करी नियन्त्रणका लागि निगरानी बढाइएको छ । जिल्लास्तरका प्रहरी प्रमुखहरूले समेत आफैं फिल्डमा खटिएर गस्ती बढाएका छन्, जसले सीमा क्षेत्रमा हुने अवैध गतिविधिमा उल्लेख्य कमी आएको दाबी गरिएको छ ।
प्रहरी स्रोतका अनुसार, प्रदेशस्तरबाट भइरहेको सक्रिय समन्वय र अनुगमनका कारण नाकाहरूमा हुने अनियमितता घट्दै गएको छ । साथै, कुनै पनि गतिविधिमा पारदर्शिता कायम राख्न र गलत कार्यमा संलग्न जो–कोहीमाथि कारबाही गर्ने स्पष्ट सन्देश दिइएको छ ।
डीआईजी थपलियाको नेतृत्वमा मधेश प्रदेश प्रहरी अहिले ‘शून्य सहनशीलता’ नीतिअन्तर्गत अघि बढिरहेको छ । तस्करी, अवैध असुली तथा अनुशासनहीन गतिविधि नियन्त्रणमा केन्द्रित यो अभियानले प्रदेशको सुरक्षा व्यवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार