1.1k
Shares
कैलाली – कैलालीमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको ज्यान गएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर ५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा रहेका ६० वर्षीय कलसु चौधरी र उहाँकी ७० वर्षीया श्रीमती सेतानु चौधरीको ज्यान गएको प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ट्रकले गोरुगाडालाई पछाडिबाट ठक्कर दिएको हो । ट्रकले ठक्कर दिँदा गोरुगाडा तान्ने दुवै गोरु पनि मरेका छन् ।