भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे

13k Shares

काठमाडौं- निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आइबार बयान दिन पुगेका थिए ।

थुनछेक बहसका क्रममा उनीसँग ५० हजार धरौटी मागिएको हो । उनी विशेषले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । सेक्युरिटी प्रिन्टिङ प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर निलम्बित मुख्यसचिव अर्याल आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भए थिए ।

भ्रष्टाचार मुद्दामा निलम्बित मुख्यसचिव अर्याल ५० हजार धरौटीमा छुटे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयान दिन विशेष अदालतमा उपस्थित भएका उनलाई धरौटीमा छाडिएको हो ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासमा उनले बयान दिएसँगै धरौटीमा छाड्न आदेश भयो ।

सम्बन्धित समाचार