बानियाँद्वारा नौ सय वर्ष पुरानो सत्य सिं महा बिहारको सिलान्यास

22k Shares

ललितपुर । बागमती प्रदेश सभा सदस्य माननीय तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँद्वारा श्री सत्य सिंह महा बिहारको सिलान्यास गरेका छन् ।


गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँमा रहेको झण्डै ९ सय वर्ष पुराना श्री सत्य सिं महा बिहारको सिलान्यास कार्यक्रमका प्रमुख अतिथि रहेका बानियाँले सो बिहार सिलान्यासका साथै निर्माण सम्पन्न गर्नको लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।
बिहार सम्पन्न गर्नको लागि ७ करोड रुपैयाँ डिपिआर तयार रहेको अवस्थामा प्रमुख अतिथि बानियाँले सो बराबरको रकम निकासा गर्न स्थानीय सरकार, बागमती प्रदेश, केन्द्र सरकारमा पहल गरी उक्त बिहार दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । प्रमुख अतिथि बानियाँले सिलान्यास कार्यक्रममा सम्बोधन गर्दै बागमती प्रदेश सभा सदस्य माननीय मीन कृष्ण महर्जनले गरेका सामाजिक कार्य तथा लोकप्रियताको प्रशंसा गर्दै अब बन्ने बागमती प्रदेशको नयाँ सरकारमा सिफारिस गर्नुका साथै शिर्ष नेताहरुसमक्ष महर्जनलाई मन्त्री बनाउन पहल गर्ने बताएका थिए ।


त्यसैगरी, विशेष अतिथिका रुपमा रहेका बागमती प्रदेश सभा सदस्य माननीय मीन कृष्ण महर्जनले आफ्नो मन्तब्य दिने क्रममा भने, ‘गोदावरी नगरपालिका वडा नं. ११ पुरातात्वीक महत्व बोकेको वडा र आफू पनि यसै वडामा जन्मेको हुर्केको कारण यस क्षेत्रमा रहेका हरेक जिर्णाद्वार मठमन्दिर पुर्ननिर्माण गर्नुका साथै यस वडामा रहेको संस्कृति, सम्पदा जोगाउने आफ्नो दायित्व रहेको माननीय महर्जनले बताएका थिए ।’
सो सिलान्यास कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका गोदावरी नगरपालिकाका उपमेयर मुना अधिकारी, अतिथिमा सोही वडाका वडाध्यक्ष निलबहादुर देसार, नेपाली कांग्रेस महासमिति सदस्य राजेश भेटवाल, महाधिवेशन प्रतिनिधि उमेश मेयर कायस्थ, रिजना तुलाधरलगायत रहेका थिए । सो सिलान्यास कार्यक्रममा सयौं जनसमुदायको उपस्थिति रहेको थियो ।


सिलान्यास कार्यक्रमका सभापतित्व गरेका नेपाली कांग्रेस गोनपा ११ वडा इकाई सभपति सागर चित्रकारले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र उपस्थित सबैलाई धन्यवाद दिनुका साथै उक्त बिहार निर्माण कार्यमा आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रम संचालन नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि युवा नेता सुरज श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार