कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

16.2k Shares

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेका छन् । बुधबार देशभर १५ र मंगलबार देशभर ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो । 
सोमबार देशभर १९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । आइतबार देशभर कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो भने शनिबार ८ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । कुल संक्रमितको शून्य दशमलव ६० प्रतिशतको मृत्यु भएको छ । 

सम्बन्धित समाचार