४३६४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ९८ हजार ६१७ 

17.9k Shares

काठमाडौं ।  देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३६४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३६४ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । 
पछिल्लो २४ घण्टामा दुई हजार ६७५  जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७१ हजार ३४३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ७२ प्रतिशत रहेको छ । 
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ३१ हजार ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।  
देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ४६० जना क्‍वारेन्टिनमा रहेका छन् । 
देशभर ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।  यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । 
शनिबार दुई हजार १२० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।  
आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो । 
सोमबार देशभर दुई हजार ४४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
मंगलबार देशभर एक हजार ५५१ कोरोना संक्रमित थपिएका छन् भने दुई हजार ३४० जना डिस्चार्ज भएका छन् । मंगलबार देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । 
बुधबार तीन हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने एक हजार १२६ जना डिस्चार्ज भएका छन् । देशभर बुधबार १५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । 

सम्बन्धित समाचार