राष्ट्रपति चुनावअघि विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

18.4k Shares

काठमाडौँ, १५ फागुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति निर्वाचन अघि नै विश्वासको मत लिने तयारी गरेका छन् अबको १० दिनपछि अर्थात् फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ

सरकार गठन गर्ने समयमा गत पुस १० गते माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका साझेदार दल नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिन लागेका हुन् रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको

 ‘एमाले राप्रपाले  सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्छ त्यस कारण राष्ट्रपतिको चुनाव अघि नै संसद्बाट विश्वासको मत लिने तयारी माओवादीका एक मन्त्रीले भने, विश्वासको मत पाउन समस्या छैन त्यसैले विश्वासको मत लिएर अघि बढ्ने योजना

प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले एमाले राप्रपा सरकारबाट हटेर समर्थन फिर्ता लिए पनि सरकार बहुमतमै भएकाले विश्वासको मत लिन हतार गर्नुपर्ने अवस्था नरहेको बताए

सम्बन्धित समाचार