उच्च अदालत आदेशसँगै कलाकार पल शाह जेलमुत्त हुदैँ

16.7k Shares

पोखरा/जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । 

पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।

उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश  बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका  थिए । 

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो भने यसअघि तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। 

शाह एक वर्षयता कारागारमा छन्। आदेशसँगै उनी अब जेलमुक्त हुने भएका छन 

सम्बन्धित समाचार