बरहथवामा घुमुवा आंतक राेकिएन

16.6k Shares

काठमाडौं  । नेपाल प्रहरीकाे मधेस प्रदेशका प्रमुख डिआइजी  बसन्त कुंवरले  तस्करी नियन्त्रणमा निकै चासो दिएका मात्रै छैनन् कि  लामो समयदेखि एकै स्थानमा कार्यरत बदनाम, मुद्दामा बसेर रकम असुलीमा सक्रिय र घुमुवा भई बदनाम भएकाहरूलाई छानिछानि सरूवा गरेका छन् । उनलेे झण्डै तीन सयजना सई दर्जा सम्ममा प्रहरी जाे सधै बिबादमा तानिरहेका थिए उनीहरूलाई सरूवा गरेर केही परिवर्तन  देखाएका छन् । तथापि अझै पनि कार्यालय प्रमुखहरूले घुमुवा राखेर रकम उठाउने  काम राेकिएकाे छैन भने तस्करी पनि चलिरहेकै छ । 

डिआइजीले गल्ती गर्नेलाई कार्वाही गरिरहेपनि कार्यालय प्रमुखहरूले घुमुवा राख्ने, उनीहरूलाई परिचालन गरेर रकम उठाउन लगाउने र तस्करी गराउने जस्ता कामहरू भने गरिरहेका छन् । यसैक्रममा इलाका प्रहरी कार्यालय  बरहथवाका प्रमुख डिएसपी मुकुन्द मिश्रले परिचालन गरेका घुमुवाहरूले यहाँ असुलीकाे आंतक नै मच्चाएका छन् । पहिले हवल्दार राम यादव नामको घुमुवा धेरै लामो समयदेखि बरहथवामा कार्यरत थिए । उनी रकम असुलीकै कारण  धेरै बदनाम र बिबादमा तानिएपछि मधेस प्रदेश प्रहरी कार्यालयमा तानिएपछि  अहिले बरिस्ठ हवल्दार उपेन्द्र यादव र सिपाही शशि रन्जन पाण्डे घुमुवाकाे रूपमा परिचालित छन् । डिएसपी मिश्रले यी दुबै घुमुवालाई परिचालन गरेका छन् । पाण्डे  त डिएसपी मिश्रकाे सालाे नाता पर्ने हुन । उनीहरूले व्यापारी, हाेटल व्यवसायी  देखि कसैबाट रकम असुल्न छाेडेका छैनन् ।  स्थानीय केही हाेटल र पाटीप्यालेसमा अनैतिक कार्य भएको जानकारी गराउंदा समेत प्रहरी पक्राउ गरि कार्वाही गर्नुकाे साटो घुमुवाहरू गएर तिनैसंग रकम लिनेगरेकाे समेत सार्वजनिक भएको छ।  चाेरीका बाइक समातेर बेच्ने गरेको आराेप समेत उनीहरू माथि लाग्ने गरेको छ। घुमुवाहरूले रकमको डिल एवं लेनदेन बढी प्रकाश साहको घरमा गएर गर्ने गरेको समेत खुलेको छ । विजय यादव नामको व्यापारी सर्लाहीको ठुलै तस्कर हुन । उनीसँग यी घुमुवाहरू प्रायः संगै हुने गर्दछन। तपाईंका घुमुवाहरूकाे रकम असुलीकाे धेरै गुनासो आएको छ भन्ने बारेमा डिएसपी मिश्रसंग जिज्ञासा राख्दा उनलेे छानबिन गर्ने बताए ।

सम्बन्धित समाचार