टिपरले किचेर ललितपुरमा एक जनाको मृत्यु

18.5k Shares

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा गाडी मर्मत गर्ने क्रममा अचानक गुड्न पुग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणकाली मोटर वर्कसपमा कार्यरत ललितपुर चापागाउँ बस्ने झापा घर भएका ३० वर्षीय सूर्य लिम्बु रहेका छन् ।

मंगलबार राति बिग्रिएको टिपर मर्मत गर्ने क्रममा बा ।२ क ५९९८ नम्बरको टिपर अचानक गुड्न पुग्दा गाडीको चक्काले किचेर उनी गम्भीर घाइते भएका थिए । घाइते लिम्बुलाई उपचारका लागि बीएण्डबी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार