काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राख्दै २३ दिनयता अनसनरत डा . गोविन्द केसीको स्वास्थ्य अवस्था निकै नै कमजोर बनेको छ ।
त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा . केसीको रगतमा अक्सिजनको मात्रा निकै नै कम देखिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ ।
डा . केसीको उपचारमा संलग्न डा . सुवास प्रसाद आचार्यका अनुसार उनको शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९० प्रतिशतसम्म घटेको छ । हाल उनलाई अक्सिजनको सहायता दिन थालिएको छ । डा . आचार्यको टोलीले अनसनरत डा . केसीको स्वास्थ्य अवस्था जुनसकै बेला पनि गम्भीर हुन सक्ने बताउँदै जुनसुकै बेला आइसियूमा राख्नुपर्ने बताएको छ । रक्तचाप पनि घटेर ७०५० मा झरेको छ ।
यसका साथै डा . केसीमा थकान, रिंगटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाइको समस्या केसीमा देखिएको चिकित्सकहरूले बताएका छन् ।