नेकपामा विवाद बढ्दै– केन्द्रीय कमिटी बैठकको माग गरिने

16.3k Shares

काठमाडौं । स्थायी कमिटी बैठक नवौंपटक स्थगित गरिएपछि नेकपामा विवादले चर्को रुप लिएको छ । अधिकांश केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गर्ने तयारी सुरु गरेका छन् । केही दिनअघि नै विधानअनुसार आवश्यक हस्ताक्षर गरेर राखिएको भए पनि सदस्यहरूले बुझाएका थिएनन् । मंगलबार स्थायी कमिटी बैठक अनिश्चित बनेपछि हस्ताक्षर बुझाउने तयारी गरिएको बुझिएको छ ।

केन्द्रीय कमिटीको दोस्रो बैठक माघ १५ गतेदेखि १९ गतेसम्म बसेको थियो । स्थायी कमिटी बैठक चलिरहँदा पार्टीभित्र संकट गहिरिँदै गएपछि एकसाता अगाडि नै नेकपाका सयजना भन्दा बढी केन्द्रीय सदस्यहरूले जुम मिटिङमार्फत हस्ताक्षर सुरु गरेका थिए । विधानअनुसार चालिस प्रतिशत सदस्यले माग गरेपछि कमिटीको बैठक बोलाउनुपर्ने हुन्छ । स्थायी कमिटीको पाँचौं (जारी) बैठक पनि त्यसैगरी माग गरेर बोलाइएको हो । अध्यादेश प्रकरणपछि ४५ मध्ये २० जना स्थायी कमिटी सदस्यले बैठकको माग गरेका थिए ।

सम्बन्धित समाचार