राष्ट्रपति निर्वाचनले ओली दबाबमा

17k Shares

काठमाडौं, ९ फागुन । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सर्वाधिक दबाबमा परेका छन् । कुनैपनि हालतमा आफ्नो दलको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्दै आएका ओलीले राष्ट्रपतिको उम्मेदवारी दिने दिन आउँदै गर्दा भने दबाब महशुस गर्न थालेका छन् । सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो । तर, २६ पुषमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा विश्वासको मत लिने क्रममा कांग्रेसको पनि मत पाएपछि भने राजनीतिक परिस्थिति फेरिएको छ ।

प्रधानमन्त्री दाहाल एमालेसँगको गठबन्धन तोडेर कांग्रेससहितको नयाँ गठबन्धन बनाउने रणनीतिमा छन् । उनले त्यसको लागि कांग्रेस नेतृत्वसँग निरन्तर सम्वाद गरेका छन् । कांग्रेसले पनि पुष १० गते सरकार गठन गर्ने बेलामा दाहाललाई प्रधानमन्त्री नदिएर गल्ती गरेको महशुस गरेको छ । अब पूरानो कुरा बिर्सिएर अघि बढ्न कांग्रेस सभापति शेरबहादुर देउवाले दाहालसमक्ष प्रस्ताव राखेका छन् । सरकार गठन भएको १०० दिनपनि नपुग्दै राजनीतिक अस्थिरता निम्तिने खतरा बढेको भन्दै कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरु सहकार्यको लागि तयार भएका हुन् । तर, एमाले नेतृत्वले भने माओवादीबाट धोका हुन लागेको निश्कर्ष निकालेको छ । पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भएको उनीहरुको दाबी छ । माओवादी केन्द्रका नेताहरुले भने राष्ट्रपति एमालेलाई दिने कुनै सहमति नभएको दाबी गरेका छन् ।

राष्ट्रपति निर्वाचनले एमाले अध्यक्ष ओलीले दबाब महशुस गर्नुको कारण कांग्रेस उम्मेदवारले जिते अहिलेको गठबन्धन भत्किने र एमालेले केन्द्रदेखि प्रदेशसम्मको सरकारबाट हात झिक्नुपर्ने भय छ । ओली कुनैपनि हालतमा राष्ट्रपति आफूले अघि सार्ने व्यक्तिले जित्नुपर्नेमा छन् । माओवादीले कुनैपनि हालतमा एमालेले अघि सार्ने व्यक्तिलाई<

सम्बन्धित समाचार