दुर्गा प्रसाईले छाडेे एमाले

14.1k Shares

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टीले कारबाही गर्नुभन्दा अगाडि एमालेमा नरहेको घोषणा गरेका छन् ।
नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीको साधरण सदस्यसमेत नरहने गरी निष्कासन गर्न केन्द्रलाई सिफारिस गरेको २४ घण्टा नवित्दै प्रसाइँले एमाले छाड्ने घोषणा गरेका हुन् ।

एमालेले प्रसाइँलाई कारबाही प्रक्रिया अगाडि बढाएको थियो । तर, त्यसअघि नै उनले आइतबार झापामा पत्रकारहरुसँग काठमाडौं गएर राजीनामा बुझाउने बताएका हुन् । उनले काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई पार्टी छाडेको पत्र दिने समेत बताएका छन् ।

प्रसाईंलाई गत वर्ष २६ मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । उनलाई एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति विभागको सहइन्चार्जको जिम्मेवारी दिएको थियो ।

तर, पछिल्लो समय प्रसाइँले पार्टीको नीति र सिद्धान्तविपरीत गतिविधिमा संलग्न भएको भन्दै निष्कासन गर्न प्रदेश १ कमिटीले सिफारिस गरेको थियो । दुर्गा प्रसाईंले यही १ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारलाई सहभागी गराएर झापामा कार्यक्रम गरेका थिए ।

सम्बन्धित समाचार