बिरगंज । जहाँ कार्यरत रहँदा पनि सधै बिबादमा परिरहने, आर्थिक लेनदेनमा बदनाम भईरहने सई बैद्यनाथ दास फेरि सिमा प्रहरी छपकैया जान जोडतोडले लागेका छन् ।
चितवनमा कार्यरत हँुदा होस् या पर्साका बसपार्क परवानीपुर र पछिल्लो समय इनर्वा नाकामा बस्दा ज्यादै कमाएका उनी फेरि छपकैया नाका जानका लागि सक्रिय छन् । डिआइजिपी धिरज प्रताप सिहले इनर्वा नाकामा लकडाउनमा बेला कार्यरत रहँदा सइ दासले व्यापक तस्करी गराएको भेटेपछि त्याहाबाट हटाउन निर्देशन दिएपछि जिप्रकामा तानिएका थिए । यस्ता विवादास्पद सई दास फेरि छपकैया जान लागेका छन् । प्रदेश प्रहरी कार्यालय धनुषा तानिएका विवादास्पद निरीक्षक रविभुषण यादवलाई प्रयोग गरि एसपी गंगा पन्तलाई दवाव दिएर छपकैया जान लागिपरेको थाहा भएको छ । अब यस्ता बदनाम र विवादास्पद सई दास जस्तालाई इमानदार आइजिपी शैलेश थापा क्षेत्रीले पर्सा होइन दुर्गम पु¥याउनु पर्ने आवाज यहाँ उठ्न थालेको छ ।