सुनको मूल्य आज पाँच सय रुपैयाँले बढ्यो

14.3k Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आइतबार एक लाख चार हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय २० रुपैयाँ रहेको महासंघले जनाएको छ ।  

सम्बन्धित समाचार