‘पित्त थैलीको पत्थरी भएका बिरामीको धेरै शल्यक्रिया गर्नुपर्ने अवस्था छ’, खोजतलास साप्ताहिकका लागि बरिष्ठ सर्जन डिभी कार्कीसँग स्वास्थ्य वार्ता गरिरहँदा उनले भनेका यी बाक्यले मलाई पित्त थैली पत्थरी हुँदा पेट दुख्ने अवस्था झल्झलि सम्झिँए । मेरो पनि पित्त थौली पत्थरीको शल्यक्रिया गरिएको थियो ।
‘गलस्टोन (पित्त थैलीको पत्थरी) हुँदा सर्जरी नै अन्तिम उपाय हो, त्यसका लागि औषधि सेवन मात्र व्यवहारिक छैन’, सुमेरु अस्तालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ सर्जन डा. कार्कीले सर्जरीका विषयमा हामीलाई व्याख्या गर्दै भने, ‘एपेन्डिक्सको पनि सर्जरी बिना अर्को विकल्पमा भरपरी हाल्ने अवस्था छैन ।’
उनले थपे, ‘पित्त थैलीको पत्थरी शल्यक्रिया मेरो विशेष रुचीको विषय हो । त्यसैले होला, आजसम्म लगभग ६ हजारभन्दा बढीे पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्ने अवसर पाइसकेको छु ।’ सर्जरीको २१ वर्षे करिअरमा धेरै शल्यक्रिया गर्ने मौका पाए डा.कार्कीले ।
सर्जरी औषधि विज्ञानको जटिल प्रक्रिया मानिए पनि यसमा लाग्दाका अविष्मरणीय क्षणहरू प्रशस्तै संगालेका छन् डा. कार्कीले । उनी सम्झन्छन्, जन्डिस, ज्वरो तथा पित्त थैलीको संंक्रमण भएका बिरामीको केश ह्यान्डल गर्दाको क्षण । ‘ल्यापारोस्कोपी सर्जरी गर्दा बिरामीको पित्त थैलीमा जिउँदो जुका भेटियो, यो नै संंक्रमणको कारण थियो ती बिरामीमा’, उनले उक्त घटना स्मरण गर्दै हामीसँग भने, ‘पित्त थैलीमा जिउँदो जुका भेटिएको मेरो लागि पहिलो केश थियो । सम्भवतः नेपालकै पनि पहिलो हुन सक्छ । सामाजिक सञ्जालमा यस्को भिडियो धेरैले मन पराए ।’
डा.सा’ब स्याङ्जादेखि एडिनबरासम्मको यात्राका बारेमा बताइ दिनुस् न ?
मेरो असली नाम धनविक्रम कार्की हो । म स्याङ्जा जिल्लामा जन्मेको हुँ । २०३९ सालमा स्याङ्जाबाटै एसएलसी पास गरेपछि आइएससी पढ्न लैनचौनस्थित अमृत साइन्स क्याम्पस (अस्कल) आइपुगे । अस्कलबाट आइएससी सकाएपछि पाकिस्तानमा एमबीबीएस पढ्न गएँ । पाकिस्तानमा एमबीबीएस पढ्दा छात्रवृत्ति प्राप्त भएन । केही इन्सेन्टिभ भने मिल्ने गथ्र्यो । एमबीबीएस पढ्दा घर खेत नै बेच्नु पर्ने बाध्यता आइप¥यो । छात्रवृत्तिमा पढ्न गएकाहरूले कमाएर पनि ल्याएका छन्, तर मेरो हकमा उल्टो भयो, घर खेत नै बेच्नु प¥यो । जनरल सर्जरी मेरो स्पेसलाइजेशन हो । मैले बेलायतको एडिनबरा युनिभर्सिटीबाट सन् १९९९ मा एफआरसीएस ९जनरल सर्जरी० गरेको हुँ । भाग्यवश मैले नेपालबाटै सबै परीक्षा दिने मौका पाएँ । रोयल कलेजले केही व्याचको परीक्षा आफ्नै प्रोफेसरहरू ल्याएर नेपाललाई सेन्टर बनाएर परीक्षा लियो । भारत, पाकिस्तान, बंगलादेशका विद्यार्थीहरू नेपालमा आएर परीक्षा दिने गरी प्रवन्ध मिलाइएको थियो । त्यसपछि भारतबाट ल्यापोरोस्कोपी सर्जरी ९दूरविनको मद्दतले सानो प्वालबाट गरिने सर्जरीमा अर्को विशेषज्ञता हासिल गरँे ।
विदेशको मोहले तपाईलाई तानेन ?
पाकिस्तानमा बस्न खासै मन लागेन । संस्कार र संस्कृति अलि फरक । फेरि परिवारको जेठो सदस्य भएकाले परिवारिक दायित्व मेरो काँधमा आयो । घरकै कारण पनि म विदेश जान सकिन । जेठो सदस्य भएकाले परिवारको दायित्व व्यवस्थापन जटिल रह्यो, त्यसमा विदेशमा जाने व्यवस्थापनको अरु जटिलता ९खास गरी आर्थिक जोहो० थप्ने आँट भएन । मसँगै एफआरसीएस पास गरेका केही साथीहरू बेलायत गए, हामी केही गएनौ । राष्ट्रवादी फिलिङ भएकोले पनि मलाई विदेशको मोहले नतानेको हुन सक्छ । बाहिर मात्रै गएर के हुन्छ त, स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने मनमा थियो । विदेश नगएकोमा मलाई अहिले केही पछुतो छैन ।
एमबीबीएसपछि सरकारी चिकित्सक बन्न रहर भएन ?
एमबीबीएसपछि मेरो सरकारी आवद्धता खासै रहेन । ट्रेनिङको दौरानमा मैले पाटन अस्पताल, बीर अस्पताल, टिचिङ अस्पतालमा बस्ने मौका पाए । १९९५ देखि १९९९ सम्मको अवधिमा म सरकारी अस्पतालमा आवद्ध रहे । त्यही क्रममा म बीएण्डबी अस्पतालसँग जोडिन पुगें । ट्रेनिङको समयावधिमा डेढ वर्ष वीर अस्पतालमा रहँदा पारिश्रमिक पाइएन । हात मुख जोड्न गाह्रो भयो, त्यसैले हप्ताको एक पटक बीएण्डबी अस्पताल जाने गरेँ । बीएण्डबीमा मेरा सिनियर साथीहरू पार्टटाइममा मेरो काम गर्नुहुन्थ्यो । उहाँहरूले सहयोग गर्नुभयो । बीएण्डबीमा बैध सर र बास्कोटा सरहरूले विस्तारै काम मन पराउनु भयो । फेलोसिफ पास गरिसकेपछि तिमी कहीँ जाने होइन हामी कहाँ नै बस भन्नुभयो । मलाई पनि काम चाहिएको थियो, सरहरूको पनि माया पाएकाले म बीएण्डबीमा काम गर्न थाले । बीएण्डबीमा म फुलटाइम सर्जन भएर करिब १३ वर्ष काम गरेँ ।
सुमेरु अस्पतालसँग कसरी जोडिनु भयो ?
बीएण्डबीमा लामो समय बसेपछि सुमेरु अस्पतालमा आउने मौका मिल्यो । डा। जगदिशलाल वैधसँग काम गर्न पाउनु नै मेरो अहो भाग्य रह्यो, उहाँले हात समातेर मलाइ आफ्नो सिप सिकाउनु भयो । म आज जहाँं छु, जस्तो छु, यो सबै उहाँको देन हो । सुमेरु अस्पताल मैले बनाएको घर हो, मेरो मुल घर बिएण्डबी नै हो । सुमेरु अस्पताल आएको पनि नौ वर्ष भइसकेको छ । यहाँ पनि मैले फुलटाइम सर्जनकै रूपमा काम गरिरहेको छु । सर्जनका रूपमा मैले काम गर्न थालेको पनि २१ वर्ष भयो ।
सर्जरीनै रोजाइमा पर्नुका खास कारण छ कि ?
सर्जरी मेरो मन पर्ने विषय हो । एमबीबीएसको ट्रेनिङसँगै मलाई सर्जरीमा लगन लागिसकेको थियो । मेरो नेचर, काम गर्ने बानी तथा सर्जरीको माध्यमबाट कतिपय रोग चटक्कै निको हुने भएकोले पनि म सर्जरीमा आर्कषित भएको हुनु पर्दछ । चक्कु चलाउनु पर्ने ठाउँमा चक्कु चलाउने, चलाउनु नपर्ने ठाउँमा औषधिबाटै रोगको निदान खोज्ने व्यक्ति नै सर्जन हो । आज भोलि त के भइसकेको छ भने जसले धेरै शल्यक्रिया ग¥यो, त्यो नै सर्जन कहलिन्छ । सर्जन भनेको त्यस्तो व्यक्ति हो जसले शल्यक्रिया गर्नुपर्ने व्यक्तिलाई मात्रै शल्यक्रिया गरोस् ।
कस्तो समस्याका बिरामीको शल्यक्रिया गर्नु भएको छ त ?
नेपालको सन्दर्भमा पित्त थैलीको पत्थरीको धेरै नै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । त्यसका अतिरिक्त एपेन्डिक्स, हर्निया, पायल्स, पेटभित्रको ट्युमरको सर्जरी पनि धेरै मात्रामा हुने गरेको छ । पहिला–पहिला अर्थोपेडिक, न्यूरो, प्लास्टिक सर्जरी, भाष्कुलर सर्जरी पनि जनरल सर्जनले गर्नुपर्ने अवस्था थियो, तर अहिले स्पेशलाइजेशनको अवस्था बनिसकेको छ । रोगको प्रकृतिका आधारमा बिरामीको शल्यक्रिया गर्नु पर्ने–नपर्ने निर्धारण गरिन्छ । साधारणतया गलस्टोन (पित्त थैलीको पत्थरी) हुँदा सर्जरी नै गर्नुपर्छ, त्यसको लागि औषधि सेवन मात्र व्यवहारिक छैन । एपेन्डिक्सको पनि सर्जरी बिना अर्को विकल्पमा भरपरी हाल्ने अवस्था छैन । पित्त थैलीको पत्थरी शल्यक्रिया मेरो विशेष रुचीको विषय हो । त्यसैले होला, आजसम्म लगभग ६ हजारभन्दा बढीे पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्ने अवसर पाइसकेको छु । अन्य रोगको पनि दिनहुँ शल्यक्रिया भइरहेको छ । यो २१ वर्षको दौरानमा धेरै शल्यक्रिया गर्ने मौका मिल्यो ।
सर्जरीका अविष्मरणीय क्षण छन् ?
सर्जरी गर्दाका अविष्मरणीय क्षणहरू प्रशस्तै छन् । सर्जनका क्रममा सडक दुर्घटनामा घाइते भएका ११ वर्षीय बालकको इमरजेन्सीबाट सिधै ओटीमा लगेर शल्यक्रिया गर्दाको क्षण मलाइ विशेष याद आउँंछ । हामीले बेलैमा शल्याक्रिया गरेकाले दुर्घटनाका ती घाइते बालकको ज्यान बचाएको क्षण विर्सन सक्तिन । दुर्घटनापछि ती बालकको पेट फुलिसकेको थियो, शरीर सेतो भइसकेको थियो, बिरामीका आफन्त कोही पनि थिएनन्, छिटोभन्दा छिटो शल्यक्रिया नगरे ती बालकको ज्यान जाने अवस्था थियो, त्यस्तो बेला प्रहरीलाई साक्षी राखेर शल्यक्रिया गरियो । त्यो सफल पनि भयो । ती बालकले मृत्युलाई जिते । ती बालकको शरीरबाट बगेको रगतलाई संकलन गरी प्रशोधन गरेर प्लास्टिकको बोतलमा राखेर पुनःउनैलाई दिइएको थियो । उनको फियो फुटेको थियो, फुटेको फियोको रगतको नलीलाई मैले हातैले समातेर रगत खेर जान दिइन । उनको आफ्नै रगत प्रशोधन गरेर चढाए पछि ब्लड प्रेसर माथि आयो, नाडीको चाल राम्रो भयो तत्पश्चात मात्र सर्जरीले पूर्णता पायो । तर, अहिले त्यसरी शल्यक्रियाको आँट गर्न सक्छु जस्तो मलाई लाग्दैन । अहिले डराउनुपर्ने अवस्था छ ।
अर्को एउटा केश पनि निकै याद आउँछ । जन्डिस, ज्वरो तथा पित्त थैलीको संंक्रमणको केश थियो । ल्यापारोस्कोपी सर्जरी गर्दा बिरामीको पित्त थैलीमा जिउँदो जुका भेटियो, जुन संंक्रमणको कारण थियो । शल्यक्रिया सफल रहयो । पित्त थैलीमा जिउँदो जुका भेटिएको मेरो लागि पहिलो केश थियो । सम्भवतः नेपालकै पनि पहिलो हुन सक्छ । सामाजिक सञ्जालमा यस्को भिडियो धेरैले मन पराएका थिए ।
अहिले डराउनुपर्ने अवस्था किन छ ?
शल्यक्रिया भनेको जहिले पनि जटिल हुन्छ । बिरामीमा जटिलता आउन सक्छ, मृत्युसम्म पनि हुनसक्छ । तपाईंले राम्रोसँग शल्यक्रिया गरे पनि बिरामीको मृत्यु भयो भने डाक्टरको लापरवाहीले गर्दा मृत्यु भयो भनिदिने प्रवृत्ति हाबी भएको छ । शल्यक्रियाबाट सतप्रतिशत बिरामी निको पार्न सकिन्छ भन्ने छैन, तर हाम्रो प्रयास कसरी जटिलता र मृत्यु कम गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित हुनु जरुरी छ । चिकित्सकले शल्यक्रियाका क्रममा बिरामीमाथि जानजानी हेलचेक्राई गरेको हुँदैन । बिरामीलाई समस्या हुने वित्तिकै, मृत्यु हुने वित्तिकै चिकित्सक, अस्पतालको लापरवाही भनिदिने सारै नराम्रो प्रवृति बढेर गएको छ । बिरामी, स्वास्थ्यकर्मी र अस्पताल तिनै पाटोको कम्बिनेशन नमिलेसम्म शल्यक्रिया सफल हुँदैन । चिकित्सकबाट लापरवाही हँुदै हँुदैन भन्न पनि सकिँदैन । अन्जानमा गल्ती हुन सक्छन् । एउटा बिरामी तलमाथि भयो भने चिकित्सकको पेशा नै संकटमा पर्छ । यस्तोमा जानीजानी लापरवाही गर्ने भन्ने कुरै हुँदैन । अस्पतालले पनि नराम्रो गरौं भन्ने मनशाय राख्दैन । बिरामीमा लागेको रोग, त्यसको जटिलता आदिका कारणले पनि कहिले काहीँ अप्रत्याशित नतिजा आउन सक्छ ।
सर्जरी महँगो भन्ने गरिन्छ नि ?
सर्जरी महँगो सस्तो भन्ने कुरा अस्पतालको अवस्था, त्यहाँ प्रयोग हुने मेशिनरी सामान, जनशक्ति तथा औषधिले निर्धारण गर्दछ । सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा निश्चय नै सर्जरी शुल्क बढी हुन्छ । अस्पतालको भौतिक पूर्वाधार, साधनस्रोत तथा जनशक्ति व्यवस्थापन र गुणस्तर पालना आदिले गर्दा निजीमा बढी शुल्क लाग्नु स्वभाविक नै हो । तर, अस्पताल कुन तहको हो, त्यसले पनि शुल्क सस्तो र महँगो निर्धारण गर्दछ । सुमेरु अस्पताल सरकारी अस्पताल जस्तो सस्तो पनि होइन र आम जनताले महसुस गरेको जस्तो महँगो निजी अस्पताल पनि होइन । गुणस्तरीय सेवाका लागि हामीले बीचको बाटो अपनाएका छौं ।

सुमेरुमा छुटको व्यवस्था पनि छ ?
बिरामीको आर्थिक अवस्था हेरेर विपन्नलाई हामी छुट दिने गरेका छौं । नेपाल सरकारबाट उपलब्ध गराइएका निःशुल्क सेवाहरू यहाँ पनि उपलब्ध छन् ।
लकडाउनमा सुमेरुको ओपीडीको अवस्था कस्तो रह्यो ?
लामो लकडाउनको अवधिमा सुमेरुमा हामीले ओपीडी सेवा निरन्तर सञ्चालन ग¥यौं । लकडाउनका कारण बिरामीहरू अस्पताल आउने क्रम भने केही कमि भएको अवश्य हो । आपत्कालीन शल्यक्रिया हामीले निरन्तर सञ्चालन ग¥यौं । पहिले नै समय लिएर गरिने शल्यक्रिया बिरामीको अवस्था हेरेर निर्णय लियौं । कोरोना भाइरस संक्रमणबाट बच्न राज्यले निर्धारण गरेका प्रावधानहरू पालना गरेका छौं । आइसोलेशन वार्ड, फिभर क्लिनिक, फिभर वार्ड बनाएका छौं ।
मानिस कसरी स्वस्थ्य बन्न सक्छ ?
मान्छेको शरीरमा रोग पनि छ र औषधि पनि । शरीर भित्रको औषधि र रोगको तालमेल नमिल्दा बिरामी भइन्छ । औषधिजन्य गतिविधि कम हुँदा रोग देखिन्छ । औषधिजन्य गतिविधि बढाए रोग लाग्दैन । योगा, सन्तुलित आहारमा ध्यान दिने हो भने रोग लाग्ने क्रमलाई कमि ल्याउंन सकिन्छ । शाकाहारी खानामा बढवा दिने, पानी तथा झोलिलो पदार्थ सेवन र तनावमुक्त जीवनयापन गर्ने हो भने रोगले हत्तपत्त समात्दैन ।