सुन तस्करद्वारा जनरक्षाटडकमका प्रधान सम्पादक रामशरण काफ्लेसहित परिवार सिध्याउने धम्की
काठमाडौं, १९ माघ । सुन तस्करको समाचार छापेको विषयलाई लिएर जनरक्षा डटकमका सम्पादक रामशरण काफ्लेसहित परिवारलाई नै सखाप पार्ने धम्की आएको काफ्लेले खोजतलासलाई जानकारी गराएका छन् ।
सुन तस्करको विषयलाई लिएर जनरक्षा डटकमले समाचार प्रकाशित गरेपछि जनरक्षाका प्रधान सम्पादक काफ्लेलगायत परिवार नै सखाप पारिदिने फोनमार्फत धम्की आएको काफ्लेले जनाएका छन् ।
जनरक्षा डटकमले तेतिस किलो सुनकाण्डलाई माथ गर्ने गरी ६५ किलो सुन तस्करी, तस्कर फरार भन्ने शिर्षकमा समाचार प्रकाशित गरेपछि सुन तस्करहरु तिल्मिलाउँदै उल्टै पत्रकार र परिवारलाई नै सखाप पारिदिने धम्की दिएको प्रति काफ्ले आफ्नो पेशाको संरक्षण र परिवारलगायत आफ्नो जिउज्यानको सुरक्षाको लागि कानुनी बाटोमा जाने खोजतलासलाई बताएका छन् ।
जनरक्षाडटकमका प्रधान सम्पादक काफ्लेलाई पेम्बा शेर्पा भन्ने व्यक्तिले गुण्डाशैलीमा ९८४२५३४०८४ नम्बरबाट तेरो छोरा छोरी, श्रीमती र तलाई रातभरिमा सिध्याइदिन्छु भन्दै धम्क्याएको काफ्लेले जनाएका छन् । काफ्लेले गुण्डा तथा सुनतस्करका मतियार पेम्बाले आफूलाई धम्क्याएको सबै रेकर्ड रहेको र सो रेकर्ड सम्बन्धित निकायमा पेश गरी पेम्बालाई कारबाहीको लागि सम्बन्धित निकायको ढोका खच्खच्याउने जनाएका छन् ।
समाचार प्रकासिशत गरेको विषयलाई लिएर यदि समाचारमा झुटो, कपोकल्पित, चरित्र हत्या, प्रमाण नपुग्ने र कसैको इज्जत, मानमर्दन हुने देखिएको अवस्थामा त्यसको कानुनी उपचार हुँदा हुँदै पनि गुण्डागर्दी शैलीमा दिनदाहाडै पत्रकार लगायत परिवारलाई नै सखाप पारिदिने धम्कीले राज्यको चौंथो अंगको रुपमा हेरिने पत्रकार क्षेत्रमाथि नै आक्रमण भएको छ । यसरी दिनदहाडै ज्यानै मार्ने धम्की दिने यस्ता गुण्डा तथा तस्करका मतियारलाई कारबाहीको दायरामा ल्याउन सबै पत्रकारिता क्षेत्रमा लागेकाहरु लाग्नुपर्ने देखिएको छ ।
विगतमा गुण्डाराज मौलाएको अवस्थामा गुण्डा नाइकेहरु दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैैटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि गुण्डा नाइकेहरु दुला पसेका थिए । पछिल्लो समय फेरि गुण्डा नाइकेहरु उठती पुठतीदेखि लिएर हप्ते असुलीमा समेत सक्रिय बन्दै आइरहेको अवस्थामा पत्रकारलाई नै यसरी ज्यानै मार्ने धम्की दिनुले कतै फेरि नेपालमा गुण्डाराज सुरु हुन लागेको त होइन ? भन्ने प्रश्न उठेको छ ।
यसरी दिनदहाडै परिवारसहित पत्रकारलाई ज्यानै मार्ने धम्की दिने गुण्डा पेम्बा शेर्पालाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायसँग जनरक्षाडटकमका प्रधान सम्पादक रामशरण काफ्ले कानुनी उपचार र आफ्नो परिवार, आफ्नो र पत्रकार साथीहरुको सुरक्षाको लागि सम्बन्धित निकायमा जाने अठोट गरेकोको जनाएका छन् ।
जनरक्षामा प्रकाशित गरेको समाचार यस्तो थियो
तेतिस किलो सुनकाण्डलाई माथ गर्ने गरी ६५ किलो सुन तस्करी, तस्कर फरार
काठमाडौं । खिचडी सरकारको फाइदा उठाउँदै पछिल्लो समय नेपालमा सुन तस्करीहरुको सञ्जाल फैलिँदै गएको छ । 
राज्यको तल्लो तहदेखि माथिल्लो तहसम्ममा सुन तस्करीमा लाग्न थालेको तथ्य फेला परेको छ । सामान्य व्यापारिदेखि माथिल्लो पदका सुरक्षाकर्मीहरुको मिलोमतोमा समेत सुन तस्करी हुने गरेको छ । हालसालै एउटा समूहले करोडौ मुल्य बराबरको सुन गायव गरी फरार रहेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिकाका ४ जना र दोलाखको विगु गाउँपालिकाका १ जना करोडौं मुल्यको सुनसँगै फरार भएको विशेष स्रोतले जनाएको छ ।
स्रोतका अनुसार रसुवा नाकाबाट अबैध रुपमा एक पटक भित्रिएको ६५ किलो र पटक–पटक भित्रएको गरी अर्बौं रुपैयाँको सुनसहित दावा शेर्पा, मिङमार शेर्पा (धाप्से), पेम्बा शेर्पा, फूङिमा शेर्पा र सुब्बा लामा फरार भएको स्रोतले दाबी गरेको छ । सुन गाएव भएको हल्ला चलेसँगै इलाका प्रहरी कार्यलय बाह्रविसे सिन्धुपाल्चोकका प्रहरीले आरोपीहरुको खोजी कार्य तिब्र पारिरहेको पनि दाबी स्रोतले गरेको छ । प्रहरीद्वारा खोजी कार्य सुरु भएको चाल पाएपछि सुन तस्करीमा संलग्नहरु फरार भएको स्रोतले जनाएको छ । स्थानियका भनाई अनुसार अहिले उनिहरु भारतमा लुकेर बसेका छन् । रसुवा नाकाबाट एक पटक ६५ किलो र अन्य विभिन्न समयमा पटक—पटक गरी अरबौं रुपैयाँको सुन अबैध रुपमा भित्रिएको स्रोतको दाबी छ ।
फरार रहेका आरोपीहरु सुन ओसार पसार गर्ने व्यक्तिहरु भएको खुलेको छ । सुन लुटियो भनेर हल्ला फैलाएर उनिहरु बेपत्ता भएको स्रोतको दाबी छ । अहिले सिन्धुपाल्चोकको भोटेकोशी गाउँ पालिकामा सुनको विषयले ब्यापक चर्चा पाइरहेको छ । त्यो सुन कसको हो ? कता तस्करी भइरहेको थियो भन्ने रहस्य गर्भमै रहेको छ । तर तस्करी प्रकरणमा मुछिएका आरोपीहरु भने फरार छन् । पछिल्लो समयमा छिमेकी मुलुक चिनको नाका रसुवा र तातोपानी हुँदै सुन तस्करी ब्यापाक रुपमा मौलाएको स्रोतले जनाएको छ । कतिपय यस्ता घटनामा सुन तस्करी भयो भनेर हल्ला हुने र सुन फेला नपर्ने समेत देखिएको छ ।
पाँच वर्ष अघि चर्चित ३३ किलो सुनका विषयमा थुप्रै व्यक्तिहरु मुछिएका थिए । कोहीलाई मारिएको थियो भने कोही अहिलेसम्म जेलमा छन् भने कोही छुटिसकेका छन् । तर सो सुन कहाँ र कुन अवस्था छ भन्ने अलिहेसम्म पत्तो छैन ।
ठीक यसैगरी यसपटक पनि करोडौं मुल्य बराबरको सुन बेपत्ता पारिएको स्रोतको दाबी छ । जानकारहरूका अनुसार एक महिना यता चिनियाँ सुन नेपालको उत्तरी नाकाबाट अवैध रूपमा प्रशस्त भित्र्याउँदै आइरहेको स्रोतले दाबी गरेको छ । उक्त सुन भारततर्फ अवैध मार्गबाटै गइरहेको पनि स्रोतले दाबी गरेको छ । नेपालमा भन्दा भारतमा सुनको मूल्य महँगो भएकाले र चिनियाँ सुन अझ सस्तो परेकाले यसको अनधिकृत कारोबार फस्टाएको हो । नेपालमा सस्तो चिनियाँ सुन अनधिकृत रूपमा प्रशस्त भित्रिएकाले यहाँका बैंकबाट व्यवसायीले सुन उठाएका छैनन् । व्यवसायीले गत पौष महिनाबाटै सुन उठाउन छाडेका हुन् उनीहरुले औपचारिक आग्रह गरेर सुन आयात नगर्न बैंकलाई आग्रह समेत गरेका छन् । माघ लागि सक्दा पनि बैंकबाट सुन उठेको छैन । स्रोतका अनुसार तस्करीको बाटोबाट एक किलो सुन भारत छिराउँदा ११.३ प्रतिशत कर सोझै बचत हुन्छ । किलोमा ४ लाखसम्म फाइदा निस्कने भएपछि यसमा संगठित गिरोह नै सक्रिय भएका हुन् पछिल्लो समय हल्ला पैmलिएको सुन कहाँ गयो ? कसको हो संकास्पद व्यक्ति किन फरार भए भन्ने विषयमा शुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।