काठमाडौं । देशमा राष्ट्रपति र उपराष्ट्रपति चुनावको मिति तय भइसकेको छ । योसँगै राष्ट्रपतिमा पात्र र अंकगणितको हिसाबकिताब हुन थालेको छ । सत्ता गठबन्धन टिकेमा यसैले राष्ट्रपति र उपराष्ट्रपति चाहेको व्यक्तिलाई जिताउन सक्छ । तर, गठबन्धनमा दरार पैदा भइसकेको छ । यता राष्ट्रपति चुनावमा दलहरु उम्मेदवार चयन र अंकगणितमा केन्द्रित हुँदै गएका छन् ।
सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रपति चयनबारे राष्ट्रिय सहमतिको निर्णय गरेपछि नेपाली काँग्रेस हौसिएको छ भने नेकपा एमालेमा सशंकित छ । प्रधानमन्त्री, संघीय संसदको सभामुख र उपसभामुख तथा प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्री भागबण्डा सकिसकेपछि राष्ट्रपति र उपराष्ट्रपति मात्रै चुन्न बाँकी हुँदा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको विषयले गठबन्धनमा खटपट बढ्दैछ । एमाले र माओवादीविच जुन किसिमको सहमति भएको हो त्यो कार्यन्वयन नभए एमालेले कडा कदम चाल्ने संकेत गरिसकेको छ ।
एमालेबाट ईश्वर पोख्रेल, सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्यदेखि डोरमणी पौडेलसम्मको नाम राष्ट्रपतिका लागि चर्चामा छन् । राष्ट्रिय सहमतिको विषय उठ्नुले एमाले पंक्तिलाई झस्काइरहँदा नेपाली काँग्रेस वृत्तमा पनि उम्मेदवारहरुको चर्चा चलिरहेको छ । काँग्रेसबाट रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला देखि सुजाता कोइरालासम्म दाबेदार देखिएका छन् । सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिमा अगाडि बढाउन एउटा पक्ष सक्रिय भइसकेको छ । कांग्रेस सकेसम्म राष्ट्रपति आफ्नै पार्टीबाट बनाउन नसके एमालेको पोल्टामा पर्न नदिने भित्री रणनीतिमा छ । माओवादी केन्द्रले बालकोटको सहमति विपरित राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा उठाउनु र कांग्रेसले राष्ट्रपतिमा बलियो दाबेदार रहेको भन्नुले पनि सत्ता गठबबन्धनमा खैलाबैला बढेको देखिन्छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र पहलकदमीमा कांग्रेस नेतृत्व, विश्वासको मतको बदला राष्ट्रपतिको चुनावमा सहयोग पाउने आशामा छ । प्रचण्ड भने काँग्रेस र एमालेको विवादमा दुवै शक्तिनिकटस्थ बाहेकलाई राष्ट्रपति बनाउने रणनीतिमा छन्