दोहोरो अंकले घट्याे सेयर बजार, कारोबार रकम पनि घट्याे

17.3k Shares

काठमाडौं/आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचकका साथसाथै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा झरेको छ । नेप्से ०.७४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.३८ अंकले घटेर ४००.६० विन्दुमा झरेको छ । 

कूल २५९ वटा कम्पनीको ७५ लाख ५३ हजार २ सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावरबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ । हाइड्रो समूह ०.०२ प्रतिशतले बढेको हो ।

त्यसैगरी, मंगलबार रिडी पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १९ करोड २० लाख ५४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

सम्बन्धित समाचार