सर्वोच्च परिसरमा बढाइयो सुरक्षा तैनाथी

15k Shares

काठमाडौं, १३ माघ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि सर्वोच्च अदालत आसपास सुरक्षा व्यवस्था कडा पारिएको । मुद्दाको आदेशबारे न्यायाधीशहरू छलफलमा बसेपछि सुरक्षाकर्मी तैनाथ गरिएको हो

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दाको आजै फैसला आउने सम्भावना अदालत परिसरमा प्रहरीको बाक्लो उपस्थिति अदालत आसपास पत्रकारदेखि सर्वसाधरण पनि फैसलाको व्यग्र प्रतिक्षामा छन्

कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासमा लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो

अमेरिकी नागरिकता पासपोर्ट प्राप्त गरेसँगै नेपाली नागरिकता स्वतः बदर हुनेमा लामिछानेले नेपाल फर्केर दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बन्दा पुरानै नागरिकता प्रयोग गरेको उनीमाथि आरोप

सम्बन्धित समाचार