16.1k
Shares
काठमाडौं । केहि दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ । बिहिबार तोलामै एक लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।