19.9k
Shares
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १० जनाको ज्यान गएको छ ।
निधन हुनेमा तीन महिला र सात पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९१ पुगेको छ ।
निधन हुनेमा काठमाडौंका एक महिला र दुई पुरुष गरी तीन जना, बाँकेका एक महिला र दुई पुरुष गरी तीन जना छन् ।
त्यसैगरी मोरङ, महोत्तरी र चितवनमा एक-एक पुरुष र सर्लाहीकी एक महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।