18k
Shares
८ असोज, काठमाडौँ। पछिल्लो २४ घण्टामा १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेकाे मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृतक संख्या ४५३ पुगेको छ।