मानसिक स्वास्थ्यमा कोरोनाको असर : अमिताभ बच्चन

21k Shares

एजेन्सी । कोरोना उपचार्थ बलिउड अभिनेता अमिताभ बच्चनले मानसिक स्वास्थ्यमा कोरोनाको असरबारे आफ्नो अनुभव सार्वजनिक गरेका छन् । पछिल्लो २ सातादेखि नानावती अस्पतालको आइसोलेशनमा रहेका उनले ब्लग लेख्दै २ साताको आइसोलेशनको अनुभव र यसले मानसिक स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरा उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘तपाईँको सेवा गरिरहेका डाक्टरहरु पनि तपाईँको नजिक आउँदैनन् । डाक्टर नर्स आए पनि पीपीई लगाएर आउँछन् । कोरोनाका बिरामीलाई हप्तौंसम्म पनि कोही भेट्न आउँदैनन् । रिमोट प्रयोगबाट उपचार गरेर यसको संक्रमितमा मानसिक असर गर्छ त ?’
मनोवैज्ञानिकका अनुसार संक्रमितहरु निको भएर बाहिर निस्केपछि समाजले आफूलाई फरक तरिकाले व्यवहार गर्छन् कि भनेर समाजमा जान डराउनेछन् ।
संक्रमितमा देखिने यो डरलाई अमिताभले छुवाछुतको डर भनेका छन् । यो डरका कारण मानिसहरु एक्लोपनामा जाने पनि उनले उल्लेख गरेका छन् । नानावती अस्पतालमा अहिले अमिताभका साथै अभिषेक, ऐश्वर्या र आरध्या पनि आइसोलेशनमा छन् । (नवभारत टाइम्स)

सम्बन्धित समाचार