काठमाडौँ/ घर बाहिर निस्कँदा पहिलो कदम कुन निकाल्ने भन्ने बारे समुद्रशास्त्रमा रहेर कुरा गर्नेछाैँ । तपाईंहरुले घरका बुढापाकाहरूले भनेको सुन्नु भएकै हुनुपर्छ कि घर छोड्दा जहिले पहिले आफ्नो दाहिने खुट्टा सार्नुपर्दछ । यो भनाइ धेरै पुरानो हो तर यो कुरा व्यवहोरमा उतार्दा सबैलाई राम्रो पनि हुन्छ ।
जब हामी केही जरुरी कामको लागि घरबाट बाहिर निस्कन्छौँ र आफ्नो पहिले दाहिने खुट्टा निकाल्दछौँ तब विश्वास गरिन्छ कि यसले तपाईंको सबै काम राम्रोसँग पूरा हुनेछ र तपाईंले बाटोमा कुनै प्रकारको समस्याको सामना गर्नुपर्दैन । यद्यपि कुनै पनि कामको लागि लिइएको पहिलो चरण (दायाँ) ले हाम्रो अघि आउने बाटो निश्चित गर्दछ, यानी दाहिने खुट्टाले सकारात्मकता दिशातर्फ उन्मुख गराउँदछ ।
समुद्रशास्त्रले पनि दाहिने खुट्टा घरबाट निकालेर गरेको कार्यहरु सबै सफल हुने बताउँदछ ।