साइबरब्यूरोमा तमासा, उजुरी लिँदै फिर्ता गराउँदै

19.7k Shares

काठमाडौं,२२ पौष । केही दिन अगाडिमात्र गृहमन्त्री रवि लामिछानेले प्रहरी हेडक्वार्टरको निरीक्षणको क्रममा प्रहरीका उच्च अधिकारीहरुलाई प्रहरी सेवा स्वच्छ, छिटो र भरपर्दोरुपमा सेवा दिई जनतालाई शान्ति सुरक्षाको महसुस गराउन निर्देशन दिएका थिए भने प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले गृहमन्त्रीको आदेश बमोजिम प्रहरी उच्च अधिकारीहरुलाई निर्देश गरेका थिए ।

गृहमन्त्री लामिछाने र प्रहरी महानिरीक्षक सिंहको आदेशलाई समेत धोती लगाउँदै  साइबरव्यूरो भोटाहिटीमा हिजो पुस २१ गते बिहीबार यसरी, जसरी, त्यसरी पीडितको निवेदन फिर्ता गराई पीडिक उन्मुक्ति दिलाउन सई अमिरले महत्वपूर्ण भूमिका खेलेका थिए ।

पीडितलाई न्याय दिने भन्दै पीडिकलाई जसरी पनि कारबाहीको दायरामा ल्याउने भनी साइबर ब्यूरोका सई अमिर आफैले निवदेन दिन लगाए पनि पछि आर्थिक लाभका कारण उल्टै पीडितलाई धम्की दिई निवेदन नै फिर्ता गराउन लगाएका हुन् । 

यस्तो थियो घटनाको बिबरण

गत सोमबार पीडित दुई युवतीले साइबर ब्यूरो भोटाहिटीमा पन्त थरका केटाविरुद्ध साइबर क्राइम गरेको भन्दै निवेदन दिएका थिए । साइबर क्राइम भोटाहिटीले निवेदन बुझेलगत्तै पीडक पन्तलाई पक्राउ गर्न सई अमिरको नेतृत्वमा पन्तको घर स्वयम्भुमा पुगेका थिए । तर, त्यतिबेला कथाले कुन मोड लियो, आश्चर्यजनक प्रहरीले पीडक पन्तलाई हतकडी लगाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुका सट्टा उल्टै तिनदिन समय दिई हामीले भनेको बेलामा आउनुस् है भन्दै स—सम्मान व्यवहार गरी प्रहरी फर्कियो । यसरी पन्त थरका ती पीडकलाई पक्राउ गर्न गएका सई अमिरको टोली फर्किएलगत्तै पुस २१ गते बिहीबार करिब १२ः३० बजे पीडक र पीडित दुबै पक्षलाई छलफलको लागि भन्दै बोलाइयो । जब पन्त थरका युवक साइबर ब्यूरो भोटाहिटी आइपुगे सई अमिरले ससुराली आएको झल्को दिने गरी सम्मान गरेका थिए भने पीडित युवतीलाई तपाईंहरु चुप लागेर बस्नुस्, यो निवेदन तुरुन्त फिर्ता लिनु् भन्दै हप्काईदप्काई समेत गरेको पीडित युवतीहरुको भनाई रहेको थियो ।  

आफूमाथि सामाजिक सञ्जालमार्फत् अश्लिल हर्कत गरेको भन्दै एक महिना अघि निवेदन दिएका पिडीत महिलाहरुले बिहीबार साईवर व्यूरोकै प्रहरीको दबाबमा निवेदन फिर्ता लिनु परेको छ । उनले विगतमा आफूले प्रमाणसहित दिएको निवेदनका आधारमा त्यही प्रहरीले यस्ता बदमासलाई छाड्नै हुन्न, जसरी पनि कानूनी दायरामा ल्याउनै पर्छ भन्ने हिजो बिहीबार व्यूरोमा दुबै पक्षबीच छलफल हुँदै गर्दा पिडक लामो समयदेखिको साइकेटीक विरामी भएकाले भविष्यमा उसले जस्तोसुकै निर्णय लिन सक्ने र त्यसको दोष तपाईंहरुमाथि पनि लाग्न सक्ने भएकाले निवेदन फिर्ता लिनुस् भन्दै पिडीतमाथि सई अमिर दरो रुपमा खनिएका  थिए ।

हेर्नै नसकिने यौनजन्य गतिविधि गरेको, वस्त्र बिहीन तस्वीर सामाजिक सञ्जालमा बारम्बार पठाउँदै आएका ति युवक स्वयम्भू, सानो भ¥याङतिर बस्ने पन्त थरका पीडिक पूर्व जनप्रतिनिधिका छोरा पनि हुन् । युवा अवस्थाका उनले एक–दुई जनालाई मात्र होइन, थुप्रैैलाई त्यस्ता अश्लिल तस्वीर पठाएको हुन सक्ने बुझिएको छ । बिहीबार एकै जनाबाट पिडीत दुई जना महिला साईवर व्यूरोमा उपस्थित थिए । 

युवतीहरु सई अमिरलाई सोधेका थिए हामीलाई भविष्यमा फेरि यस्तो हुँदैन भन्ने कुनै लिखित ग्यारेन्टी त चाहियो नि ? ती महिलाको जोड थियो । तर, ती सई भन्दै थिएँ, ‘त्यस्तो केही गर्न सकिन्न । मानसिक रोगीलाई कसरी दबाब दिने ?’

यसअघि आफैँले घर ठेगाना र युवकको तस्वीर समेत उपलब्ध गराएर कारवाहीका लागि निवेदन दिएकी ती महिला सई अमिरको त्यस्तो ओठे जवाफ पछि ट्वाल्ल पर्दै अक्कनबक्क भएकी थिइन् । ‘निवेदन दिने बेलामा छाड्नै हुन्न भन्ने सईले अहिले कसरी एकाएक पीडकसँग मिली किन यस्तो व्यवहार गरे ? यहाँनेर आर्थिक चलखेल भएकै हुनुपर्छ’, ती महिलाको गुनासो थियो ।

के साइकेटीक पेसेन्ट भन्दैमा पिडकले आफूले गरेको गल्तीको सजायँ भोग्नै नपर्ने ? उल्टै पिडीतलाई नै भविष्यमा उसले आत्महत्या ग¥यो भने तपाईं नै अनुसन्धानको दायरामा तानिनु हुन्छ भन्दै पिडीतलाई निवेदन फिर्ता लिन दबाब दिने ? यस्तो पनि कस्तो न्याय ? यदि पिडीतले नै निवेदन फिर्ता लिनु पर्ने हो भने किन चाहियो साईवर व्यूरो ? साइकेटीक विरामीलाई गर्नु पर्ने सजायँ, अनुसन्धानका क्रममा अपनाइने पद्धती, त्यसका सिमा–दायरा पनि होलान्, जस्तो नावालकका हकमा छन् । साइकेटीक विरामी भन्दैमा कारवाही नै नगरी छाड्दा भविष्यमा झन् मनोबल बढ्न गई ठूला घट्ना घटेको खण्डमा को दोषी ? कसले लिन्छ, त्यसबेलाको दोषको जिम्मा ?

यसै विषयलाई लिएर ९८५१२८६७७० मा फोन गरी सई अमिरसँग समाचारको विषयलाई लिएर बुझ्दा यो विषय मलाई नसोध्नुस् प्रवक्तालाई सोध्नुस् भन्दै फोन काटे । प्रवक्तालाई ९८५१२८६७७२ मा फोन गर्दा फोन सम्पर्क हुन सकेन ।

सम्बन्धित समाचार